• १३ वैशाख २०८१, बिहिबार

एकल महिलालाई बाख्रा वितरण

blog

त्रिवेणी नगरपालिकाले नगरमा रहेका एकल महिलालाई वितरण गरेका उन्नत जातका बाख्रा । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, असार १३ गते । बाजुराको त्रिवेणी नगरपालिकाले एकल महिलालाई बाख्रा वितरण गरेको छ । एकल महिलाको आयआर्जनमा थप टेवा पुग्ने गरी त्रिवेणी नगरपालिकाले नौ वटै वडामा रहेका ५९ वर्ष मुनीका एकल महिलालाई बाख्रा वितरण गरेको हो ।

बाख्रा पालन कार्यक्रमले एकल महिलाको जिविकोपार्जनमा सहज हुने देखिएकोले त्रिवेणीका १ देखि ९ वटै वडाका दुई सय १५ जना एकल महिलाहरुलाई बाख्रा वितरण गरेको त्रिवेणी नगरपालिका नगर उपप्रमुख कमला न्यौपानेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “एकल महिलाको आर्थिक अवस्था सुधार गर्ने गरी नगरपालिकाले नौ वटै वडाका एकल महिलालाई नगरपालिकाको बैठकमा बोलाएर उनीहरुलाई के व्यवसाय गर्ने हो भनेर सोधपुछ गर्दा अधिकांश महिलाले बाख्रापालन गर्ने चाँसो देखाएपछि सोही अनुसार एकल महिलालाई उन्नत जातको बाख्रा विरतण गरिएको हो ।”

त्रिवेणी नगरपालिकाका अधिकांश वडामा बाख्रा पालन गर्नका लागि उपयुक्त वनजङ्गल रहेकोले प्राय यहाँका महिलाहरुको बाख्रा लाप प्रति चासो बढेको उपप्रमुख न्यौपानेले बताउनुभयो ।

पछिल्लो समय गाउँमा रहेका एकल तथा असाहय महिलाहरुको जीविकोपार्जनमा सहज हुने गरी नगरपालिकाले कृषि, पुशपालन, सिलाई कटाइ लगायतका विभिन्न सीपमुलक कार्यक्रम सञ्चालन गर्दै आएको त्रिवेणी नगरपालिका नगरप्रमुख कर्णबहादुर थापाले बताउनुभयो ।