• ११ वैशाख २०८१, मङ्गलबार

मुखको क्यान्सर

blog

मुखको क्यान्सर ओठ, मुख वा घाँटीको माथिल्लो भागमा लाग्ने क्यान्सर हो । पान, सुपारी, चुरोट, बिँडीको अत्यधिक प्रयोगका कारण भारतमा यो क्यान्सर तेस्रो स्थानमा पर्दछ । नेपाल विशेषतः तराई तथा भित्री मधेशका बासिन्दामा पनि भारतीयहरू जसरी सुर्तीजन्य पदार्थ बढी उपभोग गर्ने बानी छ । सुर्तीको उपभोगले मुखको क्यान्सरको जोखिम ३.५ देखि ७ गुणासम्म बढाउँछ । नेपालमा करिब सात प्रतिशत मानिसमा क्यान्सरपूर्वको अवस्थाको मुखको समस्या छ ।

कारक तत्त्व

सुर्तीमा क्यान्सर गराउने तìव कार्सिनोजेन हुन्छ । यस्तो कार्सिनोजेनले कोषमा रहने डीएनएलाई असर गरी क्यान्सर निम्त्याउँछ । धेरैथरीका क्यान्सरको कारक तत्त्वका रूपमा रहेको सुर्तीजन्य पदार्थको प्रचारप्रसार तथा बेचबिखनले पनि क्यान्सरको समस्या उल्लेखनीय वृद्धि गराएको छ । एसिया क्षेत्रमा मुख्य क्यान्सरहरूमध्ये एक हो मुखको क्यान्सर र यो ५० देखि ५५ वर्ष उमेरका पुरुषमा बढी हुने गरेको छ । मुखको क्यान्सरबाट प्रताडितमध्ये ९० प्रतिशत मानिसले सुर्तीजन्य पदार्थ खाने गरेको देखिन्छ ।

अन्य हानिकारक वातावरणीय तत्त्वसरह सुर्ती उपभोगबाट मुखको क्यान्सर हुन सुर्तीको प्रकार, उपभोगको तौरतरिका, उपभोग गर्न थालेको अवधि, साथमा प्रयोग गरिने अन्य तìवमा भर पर्दछ । त्यसैले मुखको क्यान्सरको हकमा चुरोट भन्दा धुवाँरहित सुर्तीजन्य पदार्थ तथा त्योभन्दा खैनी बढी हानिकारक मानिन्छ ।

सुर्ती निरन्तर खानाले ओठ, मुखभित्र मात्र नभई शरीरका सबैजसो अङ्गको कमलो सतह (झिल्ली)लाई निरन्तर प्रभाव पारेर क्यान्सर उत्पन्न हुन सक्छ । सुर्तीजन्य पदार्थका साथै नियमित, बढी मात्रामा एवं लामो समयदेखिको मद्यपानले पनि मुखको क्यान्सरको जोखिम बढाउँछ । धूमपान र मद्यपानले मुखको क्यान्सर १५ गुणा बढाउँछ । मद्यपानका कारण मुखभित्रको तह सुक्खा बनाई क्यान्सर गराउन सक्ने तìवलाई छिटो असर गराउन मद्दत पुग्दछ । मद्यपानले कलेजोलाई असर गरी रोगसँग लड्न सक्ने क्षमता पनि कमजोर पार्दछ । मुखको क्यान्सर भएकामध्ये ४० प्रतिशतले धूमपान र  मद्यपान दुवै गर्ने गरेको पाइएको छ ।

एचपीभी– १६ र १८ का साथै इप्स्टिन बार भाइरस, साइटोमेगालो इन्क्लुजन, हर्पिस सिम्प्लेक्स, एचआईभी, क्यान्डिडा एवं भेरिसेला जोस्टरलगायतका भाइरल सङ्क्रमणले पनि मुखको क्यान्सर हुने जोखिम रहन्छ । यसैगरी खानामा आइरन, जिङ्क, तामा र म्यागनिज जस्ता कतिपय लवण तथा खनिज पदार्थको कमीले पनि मुखको क्यान्सर हुन सक्छ ।

लामो समयदेखिको सुपारी खाने बानी, तिखा दाँत, नमिलेका दाँत, भाँचिएका दाँत, फोहोर मुख, बढी चिल्लो तथा मसलादार खाना, पिरो एवं धेरै नुनिलो खानाले मुखमा घाउ गराउने, च-याउने गरी मुखभित्रको कमलो भित्री तहलाई विस्तारै क्यान्सर हुने खालको कोषमा परिणत गर्ने देखिएको छ ।

सूर्यको परावैजनी किरण तथा रेडियो विकिरणको सामिप्यताका कारण पनि मुखको क्यान्सर हुन सक्छ । निरन्तर तथा धेरै समयसम्म सूर्यको प्रकाशमा बस्ने तथा पटक पटक एक्सरे लिने कार्य तथा गोरो छाला भएका एवं घाममा लामो समय काम गर्ने मानिसमा पनि मुखको क्यान्सरको जोखिम हुन्छ ।

यो थोरै मात्रामा आनुवांशिक पनि हुन सक्छ । खासै तथ्य थाहा नभए पनि ‘ए’ रगत समूह भएकामा बढी र ‘ओ’ भएकामा मुखको क्यान्सर कम पाइएको छ । रक्त क्यान्सरको उपचारको क्रममा रगतमासी प्रत्यारोपणपछि निरन्तर इम्युनसप्रेसन चाहिने कारणले कडा खालको स्टेरोइड औषधिको निरन्तर सेवनले पनि मुखको क्यान्सर हुने जोखिम बढ्छ ।

लक्षण

मुखभित्र वा वरिपरि कुनै अस्वाभाविक घाउ वा अल्सर देखा प-यो तथा त्यसको आकार प्रकारमा वृद्धि भयो वा दुई हप्ताभन्दा बढी अवधिसम्म रहिरह्यो भने मुखको क्यान्सरको शङ्का गर्नुपर्दछ । यस्ता खाले सेतो दाग सुरुमा पीडारहित, त्यसपछि रातोमा परिणत भई घाउ वा अल्सर बन्छ । -याल बढी आउने, अलिकति नुनिलो वा पिरो खानेकुराले पनि च-याउने, स्वाद फरक पर्ने, रगत बग्ने, निल्न वा चपाउन गाह्रो हुने, मुख खोल्न गाह्रो हुने, घाँटीको ग्लेन्ड (गिर्खा) बढ्ने हुन्छ ।

यसैगरी दुब्लाउने, खान मन नलाग्ने, रक्तअल्पता हुने, शिथिल देखिने लक्षण पनि देखिन सक्छ । खोकी लाग्ने र दाँत हल्लिने हुन सक्छ । यो क्यान्सर नजिकैको घाँटीमा अवस्थित लिम्फनोडमा पैmलिए कडा खालको गिर्खा देखा पर्ने, शरीरको अन्यत्र (मुख्यतः हड्डीमा) पैmलिएको खण्डमा जिउ पूरै दुख्ने हुन्छ ।

निदान

घाउ खटिराबाट बायोप्सी (मासु जाँच) वा मुखको श्राव (-याल) मा क्यान्सरको कोष छ छैन पत्ता लगाई क्यान्सरको निदान गर्न सकिन्छ । ट्युमरको आकार थाहा पाउन वा लिम्फनोडसम्म फैलिएको थाहा पाउन सिटी स्क्यान, एमआरआई, पेट स्क्यान पनि चाहिने हुन्छ । मुखको क्यान्सर मुख्यतः स्क्वामस सेल कार्सिनोमा खालको हुने भए पनि उपचारको सही छनोटका लागि कुन चरणको थाहा पाउन जरुरी हुन्छ । त्यसो भएर निदानको क्रममा स्टेजिङ पनि गर्नुपर्ने हुन्छ । मुखको क्यान्सर अन्यत्र वा खाद्यनलीमा फैलिएको भए इन्डोस्कोपी एवं श्वासनलीमा फैलिएको आशङ्का भए ब्रोङ्कोस्कोपी, छातीको एक्सरे गराउनुपर्ने हुन्छ ।

उपचार

मुखको क्यान्सरपूर्वको अवस्था आफ से आफ निको हुन सक्छ । मुुखको क्यान्सरको उपचार शल्यक्रिया तथा केमोथेरापी एवं रेडियोथेरापीबाट गर्न सकिन्छ । शल्यक्रियाको क्रममा ट्युमर निकाल्ने तथा नजिकैको लिम्फनोड बढेको छ भने त्यो पनि निकाल्ने गरिन्छ । मुखको क्यान्सरको उपचार टार्गेट थेरापीबाट पनि गरिन्छ । टार्गेट थेरापीमा क्यान्सर विकसित हुन र वृद्धि हुन आवश्यक निश्चित प्रकारको तìवलाई दखल पु¥याई क्यान्सरका कोषहरूको वृद्धि रोक्ने काम गरिन्छ ।

शल्यक्रियापछि जिब्रो चलाउने, चपाउने, निल्ने, बोलीका लागि पुनस्र्थापनात्मक उपचार पनि चाहिन सक्छ । त्यसैले मुखको क्यान्सरमा रेडियोथेरापिस्ट, सर्जन, केमो, पोषण, दन्त चिकित्सक, मनोपरामर्शदाता लगायतका बहुविधागत टोलीको आवश्यकता हुन्छ ।

मुखको क्यान्सरको उपचारपछि पाँच वर्ष बाँच्ने सम्भावना ६५ प्रतिशत हुन्छ । तर पनि मुखको क्यान्सर कुन भागमा अवस्थित छ त्यसमा पनि भर पर्दछ । सन् २०१८ मा साढे तीन लाख मानिसमा मुखको क्यान्सर भएकोमा करिब पौने दुई लाखको मृत्यु भएबाट मुखको क्यान्सर अलि बढी फैलिसकेपछि मात्र जँचाउने आउने गरेको भन्ने बुझिन्छ ।

रोकथाम

सुर्तीजन्य पदार्थ र मद्यपान सेवन नै मुख्य कारण भएकाले रोकथामका लागि यी दुवै तìवको सेवन बन्द गर्ने, पिरो, चिल्लो, मसलादार तथा चर्को नुनिलो खाना लामो समयसम्म नखाने, घाम तथा विकिरणबाट बच्ने । माथि उल्लेखित सङ्क्रमणको समयमै उपचार गर्ने तथा अखाद्य वस्तु नखाने । नियमित दाँत माझ्ने, मुख तथा दन्त परीक्षण गराउने, नमिलेका, चुच्चा तथा भाँचिएका दाँत मिलाउनुका साथै दाँत सफा गर्न लगाउने, क्यान्सरपूर्वको मुखको घाउ (अल्सर) को उचित उपचार गराउनु पर्दछ । कहिलेकाहीँ पान सुपारी खाइयो भने लगत्तै मुख कुल्ला गर्ने बानीले धेरै हदसम्म राम्रो गर्दछ ।