• ६ वैशाख २०८१, बिहिबार

संस्कृति संरक्षणका लागि हिले महोत्सव

blog

हिले महोत्सवबारे जानकारी दिन दमौलीमा आयोजना गरिएको पत्रकार सम्मेलन ।

अमरराज नहर्की

तनहुँ, असार १२ गते । परम्परागत लोक कला र संस्कृतिको संरक्षण गर्न तनहुँमा २० औँ राष्ट्रिय धान दिवसको उपलक्ष्यमा असार १५ गते पाँचौँ हिले महोत्सवको आयोजना गरिने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँको आयोजनामा हिलो महोत्सव गर्न लागिएको हो । 

महोत्सवको आकर्षणमा धान रोप्ने, हिलोमा माछा समात्ने, डोरी तान्ने, श्रीमती बोकी हिलोमा दौडने, बेलुन फुटाउने प्रतियोगिता तथा असारे भाका गीत गाउने र नौमती बाजा बजाउने लगायत रहेको महोत्सवका मूल आयोजक समितिका संयोजक तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँका अध्यक्ष श्रीराम गन्धर्वले जानकारी दिनुभयो ।

असारे भाका, संस्कृति लोप हुँदै गएकोले जर्गेना गर्ने उद्देश्यले प्रतियोगिता गर्दै आएको र यसलाई आगामी वर्ष पनि निरन्तरता प्रतिबद्धता प्रतिष्ठानका पूर्व अध्यक्ष मेघनाथ रिमालले बताउनुभयो । महोत्सव म्याग्दे गाउँपालिका–१ गुणवादीमा गरिने आयोजकले जनाएको छ । 

महोत्सवको बारेमा जानकारी दिने उद्देश्यले आयोजकद्वारा मङ्गलबार दमौलीमा पत्रकार सम्मेलनको गरिएको हो ।