• ५ वैशाख २०८१, बुधबार

नौबहिनी गाउँपालिकाले सुरु गर्‍यो एम्बुलेन्स सेवा

blog

सलिम मियाँ

विजुवार, असार १२ गते । प्युठानको नौबहिनी गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।  पालिकाका ८ वटै वडाका नागरिकलाई लाभ दिनका लागि एम्बुलेन्स सेवा सुरु गरिएको हो। 

ग्रामीण भेगबाट बिरामीलाई स्वास्थ्य संस्था तथा जिल्ला अस्पतालसम्म ल्याउन सहज होस भन्ने उद्देश्यले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष डिल बहादुर थापाले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि एम्बुलेन्स ल्याएका हौँ, सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिने पालिकाको नीति रहेको छ ।” 

एम्बुलेन्स नहुँदा यहाँका बासिन्दाले भाडाका सार्वजनिक सवारी रिजर्भ गर्नुपर्ने वा स्ट्रेचर, डोकोमै बोक्नुपर्ने बाध्यता बेहोर्दै आएका थिए ।