व्यापारिक कम्पनीको म्याद थपेको थप्यै

लक्ष्मण दर्नाल

काठमाडौँ, वैशाख २ गते । पुरानो बसपार्कमा निमार्णाधीन काठमाडाँंै भ्यूटावरको निर्माण पाँच वर्ष ढिला हुने भएको छ । काठमाडौँ महानगरपालिकाले यसको निर्माणका लागि पाँच वर्ष म्याद थपेपछि निर्माणमा ढिलाइ हुने भएको हो ।
सम्झौता भएको झन्डै दुई वर्ष निर्माण कार्य सुरु भएको थिएन तर हाल निर्माण कार्यले गति लिएको छ । २०७१ फागुन २२ गते टेन्डर पाएको जलेश्वर स्वच्छन्द विकोई बिल्डर्स कम्पनीले आर्थिक वर्ष २०७४÷७५ बाट काम सुरु गरेको हो । सम्झौतामा काठमाडौँ महानगरपालिकासँग ३० वर्षका लागि भाडामा जग्गा लिएर निर्माण गर्न लागिएको थियो तर भूकम्प र नाकाबन्दीका कारण निर्माण कार्य हुन नसकेको भन्दै दुई वर्ष थपगरी ३२ वर्षसम्म कम्पनीहरूले टावर भाडामा सञ्चालन गर्न पाउने बनाइएको थियो । हाल फेरि महानगरपालिकाले पाँच वर्ष समय थपिदिएको कम्पनीहरूलाई ३७ वर्षसम्म सञ्चालन गर्न दिने भएको छ ।
निर्माण अवधि पनि पाँच वर्ष थपिएको छ । झन्डै २३ रोपनी क्षेत्रफलमा सात अर्ब ६४ करोड रुपियाँको लागतमा बन्न लागेको ३२ तले भ्यूटावर निर्माणको काम अहिले तीव्र रूपमा अघि बढेको जलेश्वर स्वच्छन्द विकोई बिल्डर्स कम्पनीका सञ्चालक मनोज भेटवालले जानकारी दिनुभयो । आगामी जेठमा डीपीसी लेबल सम्पन्न हुनेगरी काम भइरहेको उहाँको भनाइ छ । भूकम्प प्रतिरोधी भ्यूटावर निर्माणका लागि जलेश्वर स्वच्छन्द विकोई बिल्डर्सको ५०, आइडिया फर नेपालको ३० र मिग नेपालको २० प्रतिशत लगानी छ । ktm tower
सबै कुरा एकै ठाँउ भन्ने उद्देश्यले निर्माण गर्न लागिएको भ्यूटावरमा कार पार्किङदेखि बैङ्क, होटल, फिल्म हल, बसपार्कसमेत रहने छन् । काठमाडौँका १७ रुटमा चल्ने गाडी भ्यूटावर हुँदै छुट्ने छन् । निर्माणको अवधि थपिए पनि सन् २०२० सम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यसहित काम गरिरहेको काठमाडाँै भ्यूटावरका प्रमुख हुमबहादुर थापाले बताउनुभयो । उहाँको भनाइ छ, ‘हामी २०२० मै सक्छौँ, जति छिटो काम सकियो हामीलाई त्यति फाइदा हुने हो ।’
मिग नेपालमा ६५ करोड बढी लगानी जुटेको मिग नेपालका लेखा प्रमुख भीम थापाले जानकारी दिनुभयो । हाल खुला मञ्चमा सञ्चालन भइरहेको बसपार्कसमेत काठमाडौँ भ्यूटावरको जिम्मामा रहेको छ । कम्पनीहरूले बसपार्कबाट दैनिक ५० हजार रुपियाँ नगद सङ्कलन गरिरहेका छन् तर महानगरपालिकाले भने टावर निर्माणको कार्य प्रगतिबारे प्रतिवेदन तयार गर्न कन्सल्टेन्ट नियुक्त गरेको जनाएको छ । प्रतिवेदन आएपछि सोहीअनुसार अघि बढ्ने महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो । निर्माण कार्य सन्तोषजनक नभएको उहाँको भनाइ छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds