• ७ वैशाख २०८१, शुक्रबार

नेप्से परिसूचक ११.६९ अङ्कले वृद्धि

blog

काठमाडौं, असार ११ गते । साताको दोस्रो कारोबारको दिन सोमबार पनि नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको छ ।

आइतबार ६२.२१ अङ्कले बढेको नेप्से परिसूचक आज ११.६९ अङ्कले बढेर २१२९.४२ बिन्दुमा पुगेको छ । त्यस्तै,  सेन्सेटिभ इण्डेक्स ३.६६ अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स ०.९९ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४० अङ्कले बढेको छ ।

आज कारोबारमा आएका २७९ कम्पनीको एक करोड १९ लाख तीन हजार कित्ता शेयर पाँच अर्ब ३१ करोड २४ लाख २२ हजार रुपियाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आइतबारको तुलनामा सोमबार कारोबार रकम भने गिरावट आएको छ । आइतबारको तुलनामा करिब एक अर्ब बढीले गिरावट आएको हो । आइतबार ६ अर्ब ४९ करोड चार लाख १२ हजार रुपियाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

आइतबारको कारोबारमा नेप्सेका १३ उपसमूह मध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा जलविद्युत, जीवन बीमा, निर्जीवन, अन्य र व्यापार उपसमूहको परिसूचकमा गिरावट आएको छ । माइक्रोफाइनान्स उपसमूहको परिसूचक सबैभन्दा बढी ३.९९ प्रतिशतले बढेको छ भने फाइनान्स उपसमूहको परिसूचक ३.११ प्रतिशतले बढेको छ ।

नेप्से परिसूचक ११.६९ अङ्कले बढेसँगै हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, विपीओ वित्तीय संस्था लगायत अन्य सात वटा कम्पनीको ९.९९ ले प्रतिशतले बढेको छ । तर यता सुपर म्यादी हाइड्रो पावर कम्पनीको ६.९४ प्रतिशतले मूल्य गिरावट आएको छ । सोमबारको कारोबारमा शिवम सिमेन्ट्स कम्पनीको ४२ करोड पाँच लाख रुपियाँ बराबरको शेयर कारोबार भएको छ ।