गाउँपालिकामा इन्टरनेट सेवा संचालन

राजन रावत

aadanchuliसिमकोट वैशाख १ गते । हिमाली जिल्ला हुम्लाको दुर्गमको अदानचुली गाउँपालिकामा इन्टरनेट सेवा संचालन आएको छ । अहिले पनि मोबाईल तथा टेलिफोन सेवा सहज नभएको अवस्थामा नेपाल सरकार सूचना तथा संचार मन्त्रालयको सहकार्यमा वल्र्डलिंक कम्युनिकेशन प्रालिको प्राविधिक सहयोगमा सो सेवा संचालनमा आएको हो ।
छ वटा वडा रहेको अदानचुली गाउँपालिकाका सबै वडाहरुमा वल्र्डलिंकको इन्टरनेट सेवा संचालनमा आएको गाउँपालिकाका अध्यक्ष दल बहादुर फडेराले बताउनु भयो । त्यो संगै सुर्योदय मावि, स्वास्थ्य चौकी, रेडियो श्रीनगरमा सेवा संचालनमा आएको उहाँले बताउनु भयो । त्यो संगै अब प्रालिले अरु विद्यालयहरुमा पनि सेवा विस्तार गर्ने भएको छ । कर्णाली प्रदेशका हिमाली तथा पहाडी जिल्लाहरुमा इन्टरनेट सेवा संचालनका लागि काम गर्ने जिम्मा पाएको वल्र्ड लिंक प्रालिले केही समय अगाडी जडान कार्य सुरु गरेको थियो । गाउँपालिकामा इन्टरनेट सेवा संचालनमा आएपछि काम गर्न निकै सहज भएको अध्यक्ष फडेराले बताउनु भयो । यस अघि नेपाल टेलिकमको महंगो शुल्क लाग्ने वाईम्याक्स सेवाले राम्रो काम नगर्दा गाउँपालिकालाई काम गर्न कठिन भएको थियो । इन्टरनेट सेवा संचालनमा आए संगै स्थानीयवासीहरु पनि सेवा भएको स्थानमा झुम्मिन थालेका छन् । यसपछि ताँजाको गाउँपालिकामा उक्त प्रालिले इन्टरनेट सेवा संचालनका लागि जडान कार्य भइ रहेको जनाएको छ । यस अघि सदरमुकाम रहेको सिमकोट गाउँपालिकामा सेवा दिई सकेको प्रालिले अब चाँडै नाम्खा र चंखेली गाउँपालिकामा सेवा संचालनमा आउने प्रालिले जनाएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना