• १६ चैत २०८०, शुक्रबार

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभा बैठक ।

काठमाडौं, असार ११ गते । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार बिहान आज बिहान ११ बजेदेखि सुरु भएको बैठकमा रक्षा, सङ्घीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसङ्ख्याअन्तर्गत विभिन्न शीर्षकमा छलफलमा सांसदले उठाएका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।

यसैगरी, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन विधेयक २०८० अन्तर्गत शीर्षकहरूमा मन्त्रालयगत छलफलमा सांसदले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।