मिर्गौलापीडित कार्कीलाई प्रवासी नेपालीको सहयोग

बेझाड, चैत २९ गते । दुवै मिर्गौलामा समस्या देखिएपछि पीडित बन्नुभएका पाल्पा, निस्दी गाउँपालिका–१ डमराका रामबहादुर कार्कीको उपचारमा सहयोग जुटेको छ । बाकामलाङ घर भई हाल संयुक्त अरब इमिरेट्स ९युएई०मा कार्यरत नेपाली युवाहरुबाट कार्कीको उपचारमा सहयोग जुटेको हो । राजकुमार पौडेल र बालु श्रेष्ठको नेतृत्वमा सङ्कलित रु एक लाख ३० हजार ७६५ कार्कीको उपचारका निम्ति सहयोग प्राप्त भएको छ ।

दुवै मिर्गौलामा समस्या देखिएपछि ५२ वर्षीय कार्की चार महीनादेखि भरतपुर मेडिकल कलेज चितवनमा उपचाररत् हुनुुहुन्छ । कार्कीको अवस्थालाई मध्यनजर राख्दै वैदेशिक रोजगारमा कार्यरत नेपाली युवाले आर्थिक सहयोग सङ्कलन गरेर पठाएका हुन् ।

सो रकम निस्दी गाउँपालिका–१ का अध्यक्ष पूर्णबहादुर खाँण र बालु श्रेष्ठकी श्रीमती विष्णु श्रेष्ठले भरतपुर मेडिकल कलेजमै पुगेर कार्कीलाई हस्तान्तरण गर्नुभयो । कार्कीको उपचारमा सहयोगस्वरुप बाकामलाङ भजन समूहको तर्फबाट भेषबहादुर अधिकारीले रु पाँच हजार प्रदान गर्नुभएको छ ।

कार्की विसं २०५४ को स्थानीय निर्वाचनमा साविक बाकामलाङ ७ बाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । हाल उहाँ बुद्धि विकास प्राथमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षलगायत विभिन्न सामाजिक क्षेत्रमा रहेर काम गर्दै आउनुभएको छ ।

परिवारको प्रशस्त आयस्रोत नहुनु, उपचारमा लाखौँ रकम खर्च भइसक्दा पनि निको नहँुदा थप उपचारका लागि एक महीनाअघिदेखि कार्कीको उपचारमा समस्या परिरहेको छ । (रासस) 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds