नेपाली आरोहीले अमेरिकाको सर्वोच्च शिखर डेनाली आरोहण गर्ने

सन्जोग आचार्य

काठमाडौँ, जेठ ३ गते । विनाशकारी भूकम्पले ध्वस्त भएका नेपालका पर्यटकीय सम्पदाको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराउने उद्देश्यले नेपालका एक दर्जन आरोहीले अमेरिकाको सर्वोच्च शिखर डेनाली आरोहण गर्ने भएका छन् ।

भूकम्पका कारण मृत्यु भएकाको सम्झना र प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न संयुक्त राष्ट्रसङ्घलाई समेत ध्यानाकर्षण गराउने उद्देश्यले प्रख्यात आरोही लाक्पा शेर्पाको नेतृत्वमा एक दर्जन आरोहीले डेनाली हिमाल आरोहण गर्न लागेका हुन् ।

नेवार समुदायका प्रथम सगरमाथा आरोही रामकृष्ण श्रेष्ठ, सगरमाथा आरोही उषा विष्ट, आङछिरिङ लामा, नीमा लामा, लाक्पा शेर्पा, जाङबु शेर्पा, डोल्मा शेर्पा, तासी शेर्पा, नवाङ नीमा शेर्पा, शेरा जाङबु शेर्पा, दानुरु शेर्पाले डेनाली हिमाल आरोहण गर्न लाग्नुभएको हो ।

डेनाली आरोहणको नेतृत्व गरिरहनुभएका सगरमाथा आरोही लाक्पा शेर्पाले भूकम्पबाट ध्वस्त भएका संरचनाको पुनर्निर्माण र मृत्यु भएकाको सम्झनामा डेनाली आरोहण गर्न लागेको जानकारी दिनुभयो ।

आरोही नवाङ निमाले यही मे २८ तारिखमा गएर अगस्त पहिलो साता आरोहण गर्ने उद्देश्यसहित एक दर्जन आरोही जान लागेको जानकारी दिनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना