सांस्कृतिक ¥यालीसहित विश्व नेवाः दिवस

newa day

गोरखापत्र समाचारदाता
काठमाडांै, चैत १६ गते । हलि नेवाः दबूको तेश्रो महाधिवेसनको तेश्रो दिन एक सांस्कृतिक ¥यालीसहित विश्व नेवाः दिवस मनाएको छ ।
शनिबार बसन्तपुर दरबार स्क्वायर क्षेत्रबाट शुरु भएको उक्त ¥याली नगरका विभिन्न स्थान परिक्रमा गरी राष्ट्रिय सभागृहमा उक्त ¥याली समापन भएको थियो ।
दिवस मनाउन अष्टमातृका, कुमारी, लाखेलगायतको नृत्य र झाँकीसहित नाय्खी, धिमेबाजा बजाउँदै नगरपरिक्रमा गरिएको थियो ।
नगर परिक्रमापछि आयोजित कार्यक्रममा काठमाडांै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले संस्कृति, सम्पदा र भाषिक रुपमा सम्पन्न भएको नेवाः समुदाय पूर्खाले आर्जेका सम्पदा संरक्षण गर्दै समृद्धितिर लामबद्ध हुन आवश्यक भएको बताउनुभयो ।
निरन्तर रुपमा दबूले लिएका उद्देश्य पूर्ति गर्न सम्बद्ध पक्ष क्रियाशिल हुनुपर्नेमा जोड दिनुहँदै उहाँले नेवाः समुदाय संगठित भए सबै प्रकारका हकअधिकार सुनिश्चित गर्न सकिने विश्वास ब्यक्त गर्नुभयो ।
नेपाल, अमेरिका, बेलायत, जापान, क्यानाडा, भारतलगायत १५ वटा देशसहित पाँचसय प्रतिनिधिले भाग लिएको हलि नेवाः दबूका सहसंयोजक सुरेन्द्रभक्त श्रेष्ठले जानकारी गराउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds