• ७ वैशाख २०८१, शुक्रबार

फागुन २५ मा ‘काँडेतार’

blog

काठमाडौँ, असार ४ गते । फागुन २५ बाट चलचित्र  ‘काँडेतार’  प्रदर्शन हुने भएको छ । आफ्नो जन्मदिनको अवसर पारेर निर्माता तथा निर्देशक नवल खड्काले चलचित्रको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिनुभएको हो ।  

सार्वजनिक पोस्टरमा निर्देशक खड्का खुकुरी लिएर उभिएको अवतारमा प्रस्तुत हुनुभएको छ । पोस्टरको पृष्ठभूमिमा काँडेतारको बार लगाएको देखिन्छ । नेपाल र भारतको सीमामा काँडेतार लगाइनुपर्छ भन्ने विषय समेटिएको छ चलचित्रमा मा नवलसँगै गौरव पहारी, रेविका गुरुङ, सुरबिना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरीलगायतकाको अभिनय छ । 

माकिको राई र अञ्जु केसी पनि चलचित्रको निर्माता हुनुहुन्छ भने कार्यकारी निर्माता सत्यकला राई हो । चलचित्रमा सौरभ लामाको छायाङ्कन, तारा थापा ‘किम्भे’ र बन्देप्रसादको सम्पादन तथा मणि थापा र दीपक शर्माको सङ्गीत रहेको छ ।