• १२ वैशाख २०८१, बुधबार

बढे हवाई यात्रु

blog

काठमाडौँ, असार ४ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो पाँच महिनामा अन्तर्राष्ट्रियतर्फ १८ लाख ४३ हजार ४९० यात्रुले हवाई सेवा लिएका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सन् २०२३ को जनवरीदेखि मेसम्म अन्तर्राष्ट्रियतर्फ आठ लाख ४६ हजार २०७ यात्रु भित्रिएका छन् भने नौ लाख ९७ हजार २८३ यात्रु नेपालबाट बाहिरिएका छन् ।

उक्त अवधिमा अन्तर्राष्ट्रियतर्फका छ हजार ३८२ वटा विमानले उडान भरेका छन् भने छ हजार ३८४ विमान अवतरण भएको विमानस्थल कार्यालयको तथ्याङ्कले देखाएको छ । जनवरीदेखि मेसम्मको अवधिमा आन्तरिकतर्फ १६ लाख ३० हजार ९५० यात्रुले हवाई सेवा लिएका छन् । तथ्याङ्कअनुसार अन्तर्राष्ट्रियतर्फ जनवरीमा तीन लाख ४५ हजार ७२१, फेब्रुअरीमा तीन लाख ३३ हजार ६२५, मार्चमा तीन लाख ९७ हजार ८७१, अप्रिलमा तीन लाख ८९ हजार ४०९, मेमा तीन लाख ७६ हजार ८६४ यात्रुले ओहोरदोहोर गरेका छन् ।

पाँच महिनाको उक्त अवधिमा आन्तरिकतर्फ आठ लाख १९ हजार ६४३ उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् भने आठ लाख ११ हजार ३०७ उडान काठमाडौँबाट बाहिरिएका छन् । 

सोही अवधिमा २० हजार १७५ उडान त्रिभुवन विमानस्थलबाट देशका अरू गन्तव्यमा उडेका छन् भने २० हजार १६१ उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरण गरेका छन् । आन्तरिकतर्फ जनवरीमा दुई लाख ५९ हजार ९८६, फेबु्रअरीमा दुई लाख ७९ हजार ९७८, मार्चमा तीन लाख ४७ हजार २१३, अप्रिलमा तीन लाख ५९ हजार ७८४ र मेमा तीन लाख ८३ हजार ९८९ यात्रुले ओहोरदोहोर गरेका छन् ।

पाँच महिनाको अवधिमा अन्तर्राष्ट्रिय उडानबाट चार हजार ७१२ मेट्रिक टन कार्गाे भित्रिएका छन् भने चार हजार ५२९ मेट्रिक टन कार्गाे बाहिरिएको छ । त्यस्तै गरी आन्तरिक उडानबाट ३४९ मेट्रिक टन कार्गो भित्रिएको छ भने ९५७ मेट्रिक टन कार्गो बाहिरिएको छ । तथ्याङ्क अनुसार सन् २०२२ भरमा अन्तर्राष्ट्रियतर्फ २४ हजार ३१२ उडान तथा अवतरण भएका थिए ।