• ११ वैशाख २०८१, मङ्गलबार

जात्रा र धार्मिक समितिलाई ललितपुर महानगरको आर्थिक सहयोग

blog

अक्षयकोष स्थापनाका लागि भएको सम्झौता । तस्बिर : कविता थापा

काठमाडौं, असार ३ गते । ललितपुर महानगरपालिकाले जात्रा र धार्मिक समितिलाई आर्थिक सहयोग गरेको छ ।  महानगरले मानमानेश्वरी पायो जात्रा र नवदुर्गा भवानीदेवी जात्रा सञ्चालनका लागि २५–२५ लाखको अक्षयकोष स्थापना गर्न आर्थिक सहयोग गरेको हो । यसैगरी हासापोता गणेश धार्मिक व्यवस्था समितिको अक्षयकोषका लागि १० लाख सहयोग गरेको छ ।

मानमानेश्वरी पायो जात्रालाई २५ लाख, नवदुर्गा भवानी ठेचो जात्रालाई २५ लाख र हासापोता गणेश धार्मिक व्यवस्था समितिलाई १० लाखको चेक हस्तान्तरण गरेको हो। 

महानगर प्रमुख चिरीबाबु महर्जनले पायो जात्रा व्यवस्थापन समितिका अध्यक्ष साम्राज्यदेव श्रेष्ठ, नवदुर्गा भवानी संरक्षण समितिका उपाध्यक्ष उपाध्यक्ष विकास माली , हासापोता गणेश धार्मिक व्यवस्थापन समितिका कृष्ण बहादुर विष्टलाई चेक हस्तान्तरण गर्नुभएको हो।

महानगर प्रमुख महर्जनले सम्पदा संरक्षणमा महानगरले अब्बल काम गरेको दाबी गर्नुभयो । मूर्त र अमूर्त सम्पदाबीच अन्योन्याश्रीत सम्बन्ध रहेको उहाँले बताउनुभयो। 

उपप्रमुख मंञ्जली शाक्य बज्राचार्यले सम्पदा संरक्षण गर्ने काम राज्यको मात्रै नभएको बताउँदै समुदायको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । सम्पदा र संस्कृति प्रकृति र  व्यक्तिको पहिचानसँग जोडिएको विषय भएको बताउँदै समुदायलाई सम्पदा, संस्कृति जोगाउनु सक्रिय भएर लाग्न अनुरोध गर्नुभयो ।