• १६ चैत २०८०, शुक्रबार

मेलम्ची खानेपानी आयोजना

अस्थायी क्रसिङ बाटो : खोलाको अवस्था हेरेर काम अघि बढ्ने

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मेलम्ची खोलाको अवलोकन गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

सिन्धुपाल्चोक, असार ३ गते । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार २ गते शनिबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका – १ अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्नुभयो । प्रधानमन्त्रीसहित स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र खानेपानीमन्त्री महेन्द्र राय यादवले सो परियोजनाको मुहान तथा बाँधको निरीक्षण गर्नुभयो । 

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको यस परियोजनाको स्थलगत अवलोकन गर्नुहुँदै प्रधानमन्त्रीले भन्नुभयो, “यो परियोजना उद्घाटन हुँदा नै म आउने भन्ने थियो । यद्यपि, म त्यतिबेला प्रधानमन्त्रीको हैसियतमा थिइनँ । तर पनि यो मन्त्रालय हामीसँग नै सम्बन्धित थियो ।”

संवेदनशील राष्ट्रिय गौरवका आयोजना आउने बाटो व्यवस्थित नभएर २४ घण्टा काम गर्न नसक्ने स्थिति हो भने बाँकी काम गर्न पनि अप्ठ्यारो हुन्छ ।

“म आउने भन्ने थियो, तर त्यतिबेला नै यत्रो ठूलो दुर्घटना भयो, सबैतिर लथालिङ्गजस्तोे हुन गयो । फेरि म बाटोबाट आउँदा एउटा त बाटोको स्थिति देखेर पनि धेरै चिन्तित भएको छु” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “ठूलो संवेदनशील राष्ट्रिय गौरवका आयोजना आउने बाटो व्यवस्थित नभएर २४ घण्टा काम गर्न नसक्ने स्थिति हो भने बाँकी काम गर्न पनि अप्ठ्यारो हुन्छ । मेरो ध्यान अब बाटो राम्रो बनाउन सरकारको तर्फबाट गर्ने काम पूरा गर्नेमा हुनेछ ।”

आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले बाह्रै महिना सडकको पहुँच नहुँदा वर्षभरी पानी वितरण गर्ने विषय विवादित बन्नेगरेको बताउनुभयो । उहाँले भन्नुभयो, “बाह्रै महिना सडकको पहुँच छैन । बाह्रै महिना पानी ल्याउने कुरा विवादितजस्तो थियो । प्रधानमन्त्री आउनु भएपछि रियलाइजेसन पनि भयो ।” 

“बाटो त कम्तिमा बनाउनैपर्ने रहेछ । बाटो भइसकेपछि हामी जति बेला पनि त्यहाँ पुग्न सकिने, तलमाथि हुनासाथ काम गर्न पनि सहज हुने रहेछ, तर अहिले त्यो स्थिति छैन” उहाँले भन्नुभयो । 

उपलब्ध स्रोत र स्थितिलाई अधिकतम उपयोग एवम् सुधार गरेर कमसेकम आयोजना बन्द हुनबाट जोगाइएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “बन्द गर्नुभन्दा जति सकिन्छ त्यति काम गरेर पानी प्रवाहलाई जारी राख्ने हाम्रो तयारी छ । फेरि बर्खा लाग्दैछ, ठूलो बाढी आयो भने निर्माण गरिएको अस्थायी क्रसिङ सबै बगाउने डर छ ।”

बन्द गर्नुभन्दा जति सकिन्छ त्यति काम गरेर पानी प्रवाहलाई जारी राख्ने हाम्रो तयारी छ । फेरि बर्खा लाग्दैछ, ठूलो बाढी आयो भने निर्माण गरिएको अस्थायी क्रसिङ सबै बगाउने डर छ ।

“ठूलो बाढी आयो भने अस्थायी क्रसिङहरु राखेको छ, त्यो सबै बगाउँछ । पहिला तीन–चार वटक पक्की पुल बगाइसकेको छ । चारै वटा पक्की पुल नबन्दासम्म बाह्रै महिना पहुँच हुँदैन । त्यो नहुँदासम्म धेरै आश गर्न सकिदैन” उहाँले भन्नुभयो । पछिल्लो समय सुधारको काम नगरिएको भए गत जेठको तेस्रो हप्ता नै पानी बन्द गर्नुपर्ने अवस्था आइसक्थ्यो उहाँको भनाइ छ । 

दश महिना पानी वितरण

श्रेष्ठले अब कम्तिमा दश महिना पानी वितरण गर्न सकिने अवस्था रहेको बताउनुभयो । यसअघि बर्खा सकिनासाथ महिना दिन लाग्ने काम अब केही घण्टाभित्र हुने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । 

मेलम्चीको थप कामका लागि कुनै चिजको कमी नहुनेगरी सहयोग गर्ने विश्वास प्रधानमन्त्रीले दिनुभएको उहाँको भनाइ छ । याङ्ग्री र लार्केको काम अब तीनदेखि चार वर्षमा पूरा हुने उहाँले बताउनुभयो । 


मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी वितरण हुँदैआएको छ । उहाँले भन्नुभयो, “अब काठमाडौंलाई पानीको अभाव हुँदैन । नौ–दश महिना कम्तिमा आपूर्ति गर्नसक्ने वातावरण तयार गरेका छौं । साउन र भदौमा पानी नदिए पनि त्यस्तो धेरै समस्या हुँदैन ।”

प्रधानमन्त्रीले भन्नुभयो, “मलाई कार्यकारी निर्देशकले ध्यानाकर्षण गराउनुभएको छ । खानेपानीको काम सम्पन्न भइहाल्यो भनेर विकास समिति अचानक खारेज गरियो । बाढी आयो भने अर्को दुर्घटना हुनसक्छ । यो पर्खेर हुँदैन । यसका लागि पनि सरकारले केही न केही रकम अलग्गै छुट्याउनुपर्छ ।”

अब काठमाडौंलाई पानीको अभाव हुँदैन । नौ–दश महिना कम्तिमा आपूर्ति गर्नसक्ने वातावरण तयार गरेका छौं । साउन र भदौमा पानी नदिए पनि त्यस्तो धेरै समस्या हुँदैन ।

कार्यकारी निर्देशक श्रेष्ठले अर्थ मन्त्रालयको बजेट वक्तव्यमा एकाएक समिति खारेजको कुरा आएको बताउनुभयो । क्याबिनेटले निर्णय गरेर विकास समिति पुनर्गठन गरेपछि समितिले काम सुरु गरेको उहाँले प्रष्ट पार्नुभयो । 

“माघतिर त्यो समिति पुनर्गठन भइदिएको भए, सम्भवतः विकल्पसहितको व्यवस्थापन गर्न सक्ने अवस्था रहन्थ्यो । तर त्यो भएन” उहाँले भन्नुभयो, “विसं. २०४४ मा मेलम्चीको प्राविधिक अध्ययन भएको थियो । २०४७ मा मेलम्ची खानेपानी आयोजना घोषणा भयो ।” 

२३ वर्षअघि सन् २००० मा आयोजनाको विस्तृत ईन्जिनियरिङ डिजाइन तयार भएको उहाँले जानकारी दिनुभयो । आयोजनाको काम अघि बढाउनेक्रममा बाटो बनाउन अनिवार्य भए पनि बाटो नबन्दा काम गर्न समस्या भएको उहाँको भनाइ छ ।  

एक–दुई वर्ष खोलाको अवस्था अध्ययन गर्नुपर्ने छ । एकैचोटी लाखौं, करोडौं खर्च गरेर स्थायी संरचना बनाउन सक्ने अवस्था भने छैन ।

सन् २०१० मा चिनियाँ निर्माण कम्पनी चाइना रेलवे कर्पोरेशन कम्पनी (सीआरसीसी) ले ठेक्का लिएको थियो । डेढ, दुई वर्षमा काम गर्न नसकेपछि ठेक्का तोड्ने काम भएको उहाँको भनाइ छ । हालसम्म दुई वटा अन्तर्राष्ट्रिय निर्माण कम्पनी सीआरसीसी र इटलियन कम्पनी सीएमसीले ठेक्का लिंदै तोड्ने काम गरेको उहाँले बताउनुभयो ।   

श्रेष्ठले अब एक–दुई वर्ष खोलाको व्यवहार अध्ययन गरेर मात्र बाँकी काम अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एक–दुई वर्ष खोलाको अवस्था अध्ययन गर्नुपर्ने छ । एकैचोटी लाखौं, करोडौं खर्च गरेर स्थायी संरचना बनाउन सक्ने अवस्था भने छैन ।” उहाँका अनुसार २०७२ को भुकम्प, नाकाबन्दी, कोभिड महामारीका कारण आयोजनाको काममा बाधा पुग्दैआएको थियो । 

मेलम्चीको स्थलगत अध्ययनबाट फर्केपछि 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।