• ७ वैशाख २०८१, शुक्रबार

नेपाल ट्रेड युनियन कांग्रेसको महाधिवेशन असार ४ देखि

blog

पत्रकार सम्मेलनमा बोल्दै युनियनका महासचिव योगेन्द्र कुँवर ।

काठमाडौं, असार ३ गते। नेपाल ट्रेड युनियन कांग्रेसको सातौं राष्ट्रिय महाधिवेशन असार ४ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ। 

आइतबार युनियनले काठमाडौंमा पत्रकार सम्मेलन गरेर महाधिवेशनबारेमा जानकारी दिएको हो। पत्रकार सम्मेलनमा बोल्दै युनियनका महासचिव योगेन्द्र कुँवरले राष्ट्रिय महाधिवेशन असार ४ गतेदेखि ६ गतेसम्म काठमाडौंमा हुने बताउनुभयो। 

उहाँले नेपाली ट्रेड युनियन कांग्रेसको विधानतः सम्पन्न गर्नुपर्ने ७७ जिल्ला समिति, सात वटा प्रदेश र २७ वटा संवद्ध राष्ट्रिय आवद्ध संघहरुको अधिवेशन सम्पन्न भइसकेको पनि जानकारी दिनुभयो। उहाँले करिब १५ सय महाधिवेशन प्रतिनिधि तथा पर्यवेक्षकको सहभागितामा महाधिवेशन हुन लागेको जानकारी दिनुभयो। महाधिवेशन असार ४ गते दिउँसो १ बजे प्रज्ञा प्रतिष्ठानमा महाधिवेशन उद्घाटन हुनेछ। 

उहाँले वर्तमान समयमा श्रमिकका मुद्दा थप चुनौतिपूर्ण बन्दै गएको र श्रमीकका आधारभूत अधिकार कटौती हुन थालेको बारेमा महाधिवेशनमा विशेष छलफल हुने बताउनुभयो।