• ८ वैशाख २०८१, शनिबार

एसकेसी र बलर्सलाई ऋत कप उपाधि

blog

उपाधिसहित एसकेसी र बलर्सका खेलाडी ।

काठमाडौं, असार ३ गते । एसकेसी नेपाल र बलर्स एकेडेमीले दोश्रो ऋत कप एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् ।

एसकेसी ब्वाइज तथा बलर्स गल्र्समा पहिलो भए । बसुन्धरास्थित आयोजक ऋत एकेडेमीको कोर्टमा भएको ब्वाइज फाइनलमा एसकेसीले टाइम आउटलाई १२–१० ले हरायो । एसकेसीका सन्देश खड्काले पाँच अङ्क जोड्नुभयो । डियुबीएचले टुख्यालाई ६–५ ले हराउदै तेश्रो भयो ।

गल्र्सको उपाधि भिडन्तमा बलर्सले इन्साइट भिजनलाई ५–२ ले पाखा लगायो । बलर्सकी पेमा डोमा शेर्पाले तीन अङ्क जोड्नुभयो । कथालयले राजधानीमाथि ११–५ को जित दर्ता गर्दै तेश्रो बन्यो ।

शीर्ष तीन स्थान हात पार्ने टोलीले नगद पुरस्कारसहित ऋतमा कक्षा ११ मा अध्ययनका लागि छात्रवृत्ति प्रदान गरियो । विजेताले सात हजार रुपियाँ पुरस्कारसहित १०० प्रतिशत छात्रवृत्ति प्राप्त गरे । उपविजेतालाई पाँच हजार रुपियाँसहित ६० प्रतिशत छात्रवृत्ति प्रदान गरियो । तेश्रोले ३५ सय रुपियाँसहित ४० प्रतिशत छात्रवृत्ति पाए ।

ब्वाइजमा एसकेसीका सौगात खत्री तथा गल्र्समा पेमा डोमा शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो ।  ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १०० प्रतिशत छात्रवृत्ति वप्रदान गरियो ।

विजेतालाई ऋतका निर्देशक राजेन्द्र केसी, ऋतका प्रिन्सिपल आनन्दकुमार यादव र बास्केटबल प्रशिक्षक विनोद क्षेत्रीले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । दुईदिने नकआउट प्रतियोगिताको ब्वाइजमा ९६ तथा गल्र्समा २४ गरी एक सय २० टिम सहभागी थिए ।