• १३ वैशाख २०८१, बिहिबार

पाँचथरमा बाढीले बगाउँदा छ जना बेपत्ता

blog

बाढीले बगाएको फिदिम ४ हेवा खोला क्षेत्रमा आइतबार बिहान भेला भएका स्थानीय र प्रहरी । तस्बिर: राधा लुइँटेल

राधा लुइँटेल 

फिदिम, असार ३ गते । अविरल वर्षासँगै गए राति आएको बाढीले पाँचथरमा  छ जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ -७ का दिलकुमार तामाङ र फिदिम १० का सन्जोग लोवा सहित सहित छ जना बेपत्ता भएको हो । 

बाढीले फिदिम ४ हेवा खोलामा गिटी कुटेर गुजारा चलाउँदै आएका एक, फालेलुङ ३ मा एक र फिदिम ४ माझी टारमा २ गरी ६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो । 

बाढीले मेची राजमार्ग अन्तरगत पाँचथर र ताप्लेजुङ जाने बाटोमा पर्ने हेँवा खोला पुल बगाएको छ । यस्तै फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुई वटा मोटरेवल र एउटा झोलुङगे पुल बगाएको प्रहरीले जनाएको छ ।

यस्तै याङवरक गाउँपालिका ३ र २ मा पनि घर बगाएको छ तर क्षतिको विवरण यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।