• ६ चैत २०८०, मङ्गलबार

हेटौँडा उपमहानगरले ल्यायो दुई अर्ब ६० करोडको बजेट

blog

हेटौँडा उपमहानरगपालिका ।

मनहरी, असार २ गते । हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि रु दुई अर्ब ६० करोड  ६५ लाख ४० हजार आठ सय अनुमानित बजेट विनियोजन गरेको छ ।

शनिबार आयोजित १३औँ नगर सभाबाट उपप्रमुख राजेश बानियाँले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको हो । उहाँले आगामी आर्थिक वर्षका लागि खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट रु ८३ करोड ६६ लाख ६२ हजार, राजस्व बाँडफाँटबाट रु ५९ करोड १४ लाख १० हजार, प्रदेश सरकारको विभिन्न शीर्षकअन्तर्गत अनुदानबाट रु तीन करोड ३४ लाख ६८ हजार, सङ्घीय सरकारको अनुदानबाट रु एक अर्ब १४ करोड ५० लाखबाट व्यहोरिने जानकारी दिनुभयो । उपप्रमुख बानियाँले क्षेत्रगत रूपमा नगरभित्रका विकासका लागि बजेट प्रस्तुत गर्नुभएको थियो ।

उपप्रमुख बानियाँले सभामा नगरको प्रगति समीक्षा गर्दै चालु आवमा रु तीन अर्ब ३३ करोड १३ लाख ४५ हजार संशोधित स्वीकृत अनुमान गरेकामा हालसम्म रु एक अर्ब ७० करोड ७२ लाख ३८ हजार ९८८ राजस्व तथा अनुदान सङ्कलन भएको जानकारी दिनुभयो । उहाँका अनुसार बजेट तथा खर्चको विवरणअन्तर्गत चालुतर्फ रु एक अर्ब ५६ करोड ५८ लाख ५७ हजार विनियोजन भएकामा रु एक अर्ब सात करोड ६६ लाख ७० हजार खर्च भएको छ ।

उपप्रमुख बानियाँले पुँजीगततर्फ कूल रू एक अर्ब ६५ करोड ३९ लाख ८७ हजार बजेट विनियोजन भएकामा हालसम्म रु ७० करोड ७९ लाख १३ हजार  खर्च भएको बताउनुभयो । वित्तीय व्यवस्थातर्फ रु एक करोड १५ लाख विनियोजन भएकामा रु ८५ लाख ६५ हजार खर्च भएको उहाँले जानकारी दिनुभयो । रासस