• १३ वैशाख २०८१, बिहिबार

फिल्म ‘नम्बरी सुन’को टिजर सार्वजनिक

blog

काठमाडौं, असार २ गते । आगामी भदौ १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘नम्बरी सुन’को टिजर सार्वजनिक भएको छ । सम्बन्धको कथावस्तुमा आधारित यो फिल्मलाई राजु गिरीले निर्देशन गर्नुभएको हो । 

टिजरका अनुसार फिल्ममा गौरव पहारी र नम्रता सापकोटाले ‘लभ इन्ट्रेस्ट’को चरित्र निर्वाह गर्नुभएको छ । सरोज खनाललाई गाउँले मुखियाको भूमिकामा देख्न सकिन्छ । 

फिल्ममा किरण नेपाली खलपात्र र राजाराम पौडेल सहायक भूमिकामा छन् । नारायण खातीको प्रस्तुति रहेको फिल्ममा सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी लगायतको अभिनय छ । सुवर्ण शिवांश प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा शिवम् अधिकारीले लेख्नुभएको हो । 

फिल्मका निर्माता सरोज खाती, सविन खाती र मनोज रिजाल हुनुहुन्छ ।