• ७ वैशाख २०८१, शुक्रबार

गड्डाचौकी नाकाबाट ६ जनाकाे उद्धार

blog

शान्ति पुन:स्थापना गृह गड्डाचौकीका परामर्शदाता भारतमा जाँदै गरेका महिलालाई सोधपुछ गर्दै । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, असार १ गते । सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित गड्डाचौकी नाकाबाट बाजुराका पाँच बालिका सहित एक जना महिलाको उद्धार गरिएको छ । बाजुराको नौ वटै स्थानीय तहका अधिकांश बालबालिका तथा एकल महिला घरको आर्थिक अवस्था कमजोर हुँदा पढाई छोडेर कामको खोजीमा भारतका विभिन्न ठाउँमा जाने गर्छन् ।

जिल्लाको पूर्वी उत्तर क्षेत्रमा रहेको हिमाली गाउँपालिकाका २ बडिमालिका नगरपालिकाका १ गौमुल गाउँपालिका २ जना बालिका र बूढीनन्दा नगरपालिका एक महिलालाई दलालले भारतमा जैजाने क्रममा उद्धार गरिएको हो । बाजुराका पाँच बालिका र एक जना महिलालाई भारतमा राम्रो काम लगाई दिने प्रलोभन पार्दै दलालहरुले विक्री गर्ने उद्देश्यले भारत लैजाँदै गरेको अवस्थामा उद्धार गरिएको शान्ति पुन:स्थापना गृह गड्डाचौकीले जनाएको छ ।

शान्ति पुनस्र्थापना गृह गड्डाचौकीका सुपरभाइजर मनिसा न्यौपानेले, पाँच बालिका र एक जना महिला गरी ६ जनाको गड्डाचौकी सिमानाकाबाट दलालले भारत तर्फ लगिरहेको अवस्थामा सकुशल उद्धार गरिएको बताउनुभयो।

उहाँले भन्नुभयो, “बाजुराका पाँच जना बालिका र एक जना महिलालाई फकाएर भारतमा लैजाँदै गरेको अवस्थामा सोधपुछ गर्दा भारतमा उनीहरुको कोही आफन्त नभएको र अर्कैले उनीहरुलाई विवाह गरेर भारतमा लैजाने क्रममा उनीहरुको उद्धार गरिएको हो । 

२०७९ सालको असारदेखि २०८० को जेठसम्म कञ्चनपुर गड्डाचौकी नाकाबाट उद्धार गरेका ५ बालिका विद्यालयमा अध्ययन गरिरहेका छन् । उद्धार गरिएका बालिकाको घरको आर्थिक अवस्था कमजोर भएर विवाहको नाटक गरेर भारत जान लागेका थिए । सोधपुछ गर्दा उनीहरुलाई भारतमा संरक्षण गर्ने कोही आफन्त नभएकोले उनीहरुलाई फकाइ गरेर दलालले भारतमा लैजाँदै गर्दा उद्धार गरिएको शान्ति पुनरस्र्थापना गृहका सुपरभाइर न्यौपानेले बताउनुभयो ।

बाजुराका नौ वटै पालिकाका अधिकांश पुरुष र महिला कामको खोजीका भारतमा जान्छन् । हिउँदको चैत खेती र वर्खाको असार खेती लगाएर भारतमा जाने क्रम बाजुराका महिला पुरुषको पहिलेदेखि अहिलेसम्म उस्तै छ । 

घरमा खान छोरा छोरीलाई स्कुलमा पठनपाठन गर्नकै लागि उनीहरु प्राय भारतमा जाने गरेको स्थानीय बताउँछन् । बाजुराको बूढीनन्दा नगरपालिका वडा नं –३ की २३ वर्षीया निर्मला कार्कीको गाउँमा नत राम्रो जमिन छ, घरमा नत कोही जागिर गर्ने छन् अनी गाउँमा बसेर कसरी छोरा छोरीलाई पाल्ने त्यसैले यहाँका अधिकाशं महिला घरमा बालबालिका छोडेर पनि भारतमा जान बाध्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “जागिर लगाईदिने प्रलोभनमा बाजुराका दर्जनौ महिला भारतमा बेचिन बाध्य छन् भने कयौँ महिला बलात्कारको सिकार भएका छन् । रहरले नभइ छोराछोरी पाल्ने र आफू पनि काम गर्ने उद्देश्यले भारतको कोठीमा काम गरिरहेका अधिकांश महिलाहरु बलात्कृत हुने गरेको छन् । 

गाउँमा एकल महिलाका लागि कुनै पनि काम छैन । गाउँमा आएका अधिकांश योजनामा पुरुषलाई मात्र काम पाइन्छ । पुरुषहरु सडकमा स्काइभेटरले काममा गर्छन् । एकल महिलालाई सजह हुने काम प्राय गाउँमा केही पाइदैन । त्यसैले यहाँका महिला ज्यान जोखिम राखेर पनि भारतमा कामको खोजीमा भारतमा जाने गरेको कार्कीले बताउनुभयो । बडिमालिका एक हिमाली दुई गौमुलका एक जना बालिका र बूढीनन्दाका एक महिला गरी बाजुुराका सात जनाको नाकाबाट उद्धार गरिएको छ ।  

गत आर्थिक वर्षमा बाजुरा, बझाङ् अछाम, डोटी डडेल्धुरा दार्चुला बैतडी कैलाली कञ्चनपुरका झण्डै एक सय ४४ जना महिलाको उद्धार गरिएको हो । उद्धार गरिएका ती महिलालाई प्रहरीको रोहवरमा उनीहरुको आफन्त्को जिम्मा लगाएको शान्ति पुनस्र्थापना केन्द्र गड्डाचौकी सुपरभाइजर न्यौपानेले बताउनुभयो ।