१३ बुँदे घोषणा सहित रारा सञ्चार सम्मेलन सकियो

मुगु, मंसिर २७ गते । १३ बुँदे घोषणा पत्र जारी गर्दै कर्णालीको मुगुमा अबस्थित रारामा बुधबार देखि संचालन भएको रारा संचार सम्मेलन शुक्रवार १३ बुधे घोषण पत्र सहित सकिएको छ ।
नेपाल प्रेस काउन्सील , सुचना विभाग , सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासंघ कर्णाली अञ्चल क्षेत्रीय समन्वय समितिको आयोजनामा मंसिर २४ गते देखि मुगुको पर्यटकिय स्थल रारा तालमा भएको सम्मेलनमा कर्णालीको सञ्चार अवस्था , राज्यको नीती तथा श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्थाका विषयमा छलफल गरी १३ बुदे घोषणा पत्र जारी गर्दै सम्मेलन सकिएको हो ।
कर्णाली अञ्चलका पाँच वटै जिल्लाका सुचना तथा सञ्चार मन्त्री डाक्टर मिनेन्द्र रिजाल नेपाल प्रेस काउन्सीलका अध्यक्ष बोर्ण बहादुर कार्की लगाएतका सदस्य किसोर श्रेष्ठ मन रिशी धिताल न्युनतम पारिश्रमीक निर्धारण समितिका अध्यक्ष खेम भण्डारीको उपस्थितीम, नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका अध्यक्ष महेन्द्र विष्टको उपस्थितमा कर्णालीका पत्रकार हरुले १३ बुदे घोषण पत्र जारीका छन ।
सम्मेलनले घोषण गरेको घोषण पत्रमा हवाई दुर्घटनामा ज्यान गुमाएका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गौरी कठायतको नाममा गौरी कठायत राष्ट्रिय पत्रकारिता पुरस्कारको अक्ष्यय कोष स्थापना गरिएको छ । कर्णालीका पत्रकारहरुका लागि लक्ष्यीत गरिएको अक्ष्यय कोषका लागि महासंघका पाँच वटै जिल्ला शाखा मृतक कठायतका परिवार जन र महासंघको केन्द्रीय समितिको पहलमा २ लाख बराबरको अक्ष्यय कोषको स्थापना गरिएको छ ।
सम्मेलनमा कर्णाली अञ्चलको पत्रकारिता ईतिहास, सम्भावना र चुनौतीका विषयमा समेत कार्य पत्र प्रस्तुत गरिएको थियो । कार्य पत्र माथी छलफल गर्ने क्रममा सुचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले दुर्गम तथा पिछडिएका क्षेत्रको पत्रकारिताको संरक्षण तथा संम्र्बद्धनका लागि सञ्चार गृह भन्दा सञ्चारकर्मिको क्षमता अभिवृद्धिका क्षेत्रमा सहयोग गर्नु पर्ने बताए ।

न्युनतम पारिश्रमकि निर्धारण समितिका अध्यक्ष खेम भण्डारीले कर्णालीको पत्रकारिता क्षेत्रको विकासका लागि राज्यले नयाँ रणनिती अपनाउन पहल गनुपर्ने बताए भने प्रेस काउन्सिलका अध्यक्ष बोर्ण बहादुर कार्किले कर्णालीको संचार क्षेत्रको मुद्धा लाई राज्यले समेटनु पर्ने बताए ।
सम्मेलनले जारी गरेको घोषणा पत्रमा प्रेस काउन्सिल नेपालले पत्रपत्रिका वर्गिकरणको मापदण्डमा कर्णालीबाट प्रकासित हुने पत्रपत्रिका, रेडियो तथा अनलाइनको वर्गिकरणलाई विषेश सहुलियतको व्यवस्थाका लागि प्रेस काउन्सिल लगायतका निकायलाई आग्रह गरिएको छ ।
कर्णालीको पत्रकारितामा महत्वपूर्ण योगदान पुर्याउनु हुने स्वर्गीय पत्रकार गौरी कठायतको संझना स्वरुप कर्णालीबाट पत्रकारिता गर्ने पत्रकारलाई पुरस्कृत गर्ने ध्येयले नेपाल पत्रकार महासंघ कर्णाली अञ्चल क्षेत्रिय समन्वय समितिले तयार पारेको कार्यविधि अनुसार सञ्चालन गर्ने गरी रु २,००,०००। (दुई लाख) को अक्षय कोष स्थापनाको घोषणा गरिएको छ ।

राज्यका सबै सरकारी सञ्चार संयन्त्रमा कर्णालीको अनिबार्र्य प्रतिनिधित्व हुने गरी सरकारी सञ्चार माध्यमबाट शुरु गर्दै कर्णाली क्षेत्रको विट रिर्पोटिङको व्यवस्थाका लागि यो सम्मेलन नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय लगायतका निकायलाई आग्रह गर्ने घोषणा पत्रमा उल्लेख छ ।

कर्णालीका पत्रकारहरुको सबै प्रकारका क्षेमता विकासका लागी बिशेष कार्यक्रमको ब्यबस्था सहित स्रोत सम्पन्न कर्णाली सञ्चार प्रशिक्षण प्रतिष्ठानको गठनको लागी यो भेला जोडदार माग गर्ने र
स्थानिय आमसञ्चार माध्यमहरुको उत्थान, विकास तथ संरक्षणका साथै त्यसको व्यवसायीक करणका लागी राज्यका निकाय मार्फत प्रदान गरिने विज्ञापन तथा सूचना सन्देशलाई नेपाल पत्रकार हासंघको समन्वयमा समानुपातिक तथा सन्तुलित रुपमा बितरण गरिने व्यवस्था सहित कर्णालीका सबै प्रकारका सञ्चार माध्यमका लागी स्थापित मिडिया विकास कोषले प्रदान गर्ने सेवा सुविधामा बढोत्तरी गर्दै विद्यमान १० प्रतिशत ब्याजको सहुलियतलाई ५० प्रतिशत सम्म बृद्धि गर्न आग्रह गरिन्छ ।साथ कर्णाली पेपरकाको हकमा सुचना बिभागले उपलब्ध गराउने लोक कल्याणकारी बिज्ञापनको रुकममा ५० प्रतिशत बृद्धि गर्न माग गर्नुका साथैकर्णालीबाट सरकारी तथा निजी स्तरमा रहेका सञ्चार गृहका लागि काम गर्ने सञ्चारकर्मीले पाउने गरेकोे पारिश्रमिक अन्त्यन्तै कम हुनुका साथै कर्णालीका लागि औपचारिकताले समावेश गर्ने स्ट्रिन्जरमा मात्रै सिमित हुनु परेको अवस्थालाई मध्यजनर गर्दै स्ट्रिन्जरको सट्टा पूर्णकालिन सञ्चारकर्मीका रुपमा नियुत्त गरी उनीहरुले प्राप्त गर्ने पारिश्रमीक वृद्धिका लागि पहल गर्न जोडदार माग गरिएको छ ।
कर्णालीलाई कार्यक्षेत्र बनाई काम गर्ने सञ्चारकर्मीको व्यवसायीक पहुँच वृद्धी गर्नका लागि आवश्यक पर्ने सञ्चार सुविधा इमेल इन्टरनेट, फोन, प्mयाक्स, यातायात सुविधा (हवाई र यातायात( मा २५ देखि ५० प्रतिशतको सहुलियत प्रदान गरिनुका साथै स्वास्थ्य उपचारका लागि निजी तथा सरकारी अस्पतालमा उपचार गर्दा ५० प्रतिशतले सहुलियतको उपलब्ध गराउन सम्बन्धित निकायलाई आग्रह गर्दछौं ।
कर्णालीमा स्थापित भएका सञ्चार माध्यममा प्रयोग हुने सञ्चार सामग्री (प्रेस, ट्रान्स मिटर, मिक्स्चर जस्ता सामाग्री) पेपर को खरिदमा शतप्रतिशत भंसार छुट तथा खरिदमा समेत विषेश सहुलियतको व्यवस्था नीतिगत रुपमा गर्न आग्रह गर्दछ । आउँदो आर्थिक वर्षमा निर्माण कार्य सम्पन्न हुने गरि कर्णालीका पाँच वटै जिल्लामा पत्रकार महाँसघ भवन निमार्णका लागी सरकारी तवरबाट आबश्यक बजेट बिनियोजनका लागि सम्बन्धित निकायलाई यो सम्मेलन आग्रह गर्दछ ।
सुचना बिभागबाट प्रदान गरिने प्रेस पास अब देखि सम्बन्धित निकायको जिल्ला कार्यालयबाटै बितरणको व्यवस्था गरिनु पर्ने, कर्णाली अंचलको पर्यटन विकासका लागि प्राकृतिक रुपमा मनोरम रारा लगाएतका ऐतिहाँसिक तथा साँस्कृतिक र पर्यटकीय क्षेत्रको विकासका लागि विशेष पर्यटन गुरु योजना निर्माणका लागि नेपाल सरकारलाई यो सम्मेलन जोडदार माग गर्दछ ।
नेपालको सञ्चारको नीतिगत तहका निर्णायक निकायका प्रतिनिधि र कर्णालीका समग्र संचारकर्मीको उपस्थितीमा आयोजना भएको रारा सञ्चार सम्मेलन २०७१ को आयोजनाका लागि सहयोग गर्ने सूचना तथा सञ्चार मन्त्रालय, सूचना विभाग, प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ, न्यनतम पारिश्रमीक निर्धारण समिति, जिल्ला विकास समिति मुगु, डाँफे होटेल रारा, नेपाल पत्रकार महासंघका पाँच वटै जिल्लाका जिल्ला शाखा, सरकारी तथा गैर सरकारी संस्था लगाएत कार्यक्रममा सहभागी भई दिएकोमा प्रमुख अथिति, अथिति लगाएत सम्पुर्ण सहभागी प्रति आ
भार व्यक्त गर्दै कार्यक्रमको सफल व्यवस्थापन गर्ने मुगु शाखालाई धन्यवाद ज्ञापन समेत गरेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना