• ७ वैशाख २०८१, शुक्रबार

कोशीबाहेक छ प्रदेशको बजेट आज आउँदै

blog

काठमाडौं, असार १ गते । प्रदेश सरकारहरूले अगामी आर्थिक वर्ष २०८०/८१ को बजेट शुक्रबार ल्याउँदै छन् । हरेक वर्षको असार १ गते भित्र बजेट ल्याउनुपर्ने कानुनी व्यवस्थाअनुसार प्रदेश सरकारहरूले आज बजेट ल्याउन लागेका हुन् । 

कोशी प्रदेश सरकार बाहेकका अन्य प्रदेश सरकारले प्रदेश सभामा आगामी आर्थिक वर्षको आय व्ययको अनुमान प्रस्तुत गर्नेछन् । कोशी प्रदेश सरकारले भने बिहीबार नै अध्यादेशमार्फत बजेट प्रस्तुत गरिसकेको छ ।

नेपालको संविधानको धारा ५९ मा सङ्घ, प्रदेश र स्थानीय तहले आफ्नो अधिकारभित्रको आर्थिक अधिकारसम्बन्धी विषयमा कानुन बनाउने, वार्षिक बजेट ल्याउने, नीति तथा योजना तयार गर्ने र त्यसको कार्यान्वयन गर्ने उल्लेख छ ।

उपधारा ३ ले प्रदेश र स्थानीय तहले बजेट पेस गर्ने समय सङ्घीय कानुनबमोजिम हुने व्यवस्था गरेको छ । कानुनअनुसार प्रदेशको अर्थमन्त्रीले प्रत्येक वर्षको असार १ गतेभित्र आगामी आर्थिक वर्षको आय र व्ययको अनुमान प्रदेश सभामा पेस गर्नुपर्नेछ ।