• १५ चैत २०८०, बिहिबार

शङ्काको सुविधा दिएर मधेशमा एमालेको विश्वासको मत : एमाले

blog

नेकपा ९एमाले०का मधेश प्रदेश इन्चार्ज योगेशकुमार भट्टराईसहितका नेता ।

काठमाडौं, असार १ गते । नेकपा (एमाले) का मधेश प्रदेश इन्चार्ज योगेशकुमार भट्टराईले मधेशका मुख्यमन्त्रीलाई शङ्काको सुविधा दिएर विश्वासको मत दिएको बताउनुभएको छ ।

एमालेले मधेश प्रदेशको इन्चार्जको जिम्मेवारी दिएपछि पहिलो पटक जनकपुरधाम पुग्नुभएका एमाले सचिव भट्टराईले शङ्काको सुविधाकै आधारामा एमालेले मधेश सरकारलाई विश्वासको मत दिएको बताउनुभएको हो ।

मधेश सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा मानवीय सूचकाङ्कमा सबैभन्दा पछाडि परेको प्रदेश रहेकाले विकासको खाँचो रहेको बताउनुभयो । प्रदेशको विकासका लागि कोही पनि विरोधी बन्नु नहुने उहाँको जिकिर छ । उहाँले एमालेबाट प्रदेश विकासमा कुनै विरोध नहुने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘मधेश प्रदेश आर्थिक, सामाजिक रूपमा पछाडि परेको प्रदेश हो, यो प्रदेशको विकासमा हामी अवरोध बन्नु हुँदैन सोचेर नै मुख्यमन्त्रीजीलाई विश्वासको मत दिएका हौँ, यसमा हाम्रो कुनै राजनीतिक लेनदेन भएको होइन ।’’

सचिव भट्टराईले नागरिकता समस्या समाधान गर्नका लागि फेरि नयाँ विधेयक नै ल्याउनुपर्ने स्पष्ट पार्नुभयो । उहाँले जन्मसिद्धका नागरिकले वंशजको नागरिकता पाउनुपर्ने एमालेको स्पष्ट धारणा रहेको बताउँदै वर्तमान सरकारले प्रमाणीकरण गराएको विधेयकमा आफूहरूको केही विषयमा आपत्ति रहेको बताउनुभयो । एमाले नागरिकता समस्या समाधान संविधानबाटै हुनुपर्छ त्यसका लागि लडेको दल भएको भन्दै त्यसमा अवरोध नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘नागरिकतामा प्रादेशिक पहिचान खुल्नु पर्छ, वैवाहिक अङ्गीकृत नागरिकता पाउनका लागि केही समयावधि तोक्नै पर्ने हाम्रो स्पष्ट माग छ ।’’

फरक प्रसङ्गमा भट्टराईले सरकारले केही व्यापारिक घरानाको इसारामा बजेट ल्याइएको आरोप लगाउनुभयो । केही पुँजीपतिहरूलाई फाइदा पुर्‍याउनकै लागि राजश्व र करको दायरामा हेरफेर गरिएको भट्टराईको आरोप थियो ।