• ७ वैशाख २०८१, शुक्रबार

पर्यटन प्रवर्द्धनका लागि 'बुलेट राइड'

blog

बुलेट राइडका लागि तयारी अवस्थामा मोटरसाइकल चालकहरु । तस्बिर : केशब गुरुङ

काठमाडौं, असार १ गते । पर्यटन प्रवर्द्धनका लागि बुलेट मोटरसाइकल राइड सुरु गरिएको छ । 'नेपाल बुलेट हाउस'को आयोजनामा राइडको पहिलो चरणमा काठमाडौंबाट दोलखा जिल्लाको जिरीसम्म बुलेट मोटरसाइकल राइड गरिएको हो । 

काठमाडौंको तीनकुनेमा रहेको नेपाल बुलेट हाउसले आयोजना गरेको उक्त राइडले असार १ गतेबाट ३ गतेसम्म यात्रा गर्नेछ । 

नेपाल बुलेट हाउसका सञ्चालक रमेश कुमार कार्कीले नेपाल पर्यटकीय देशसँगै जिरीलाई नेपालको स्वीजरल्याड भनेर चिनिएपनि कोरोना महामारीपछि सुस्ताएको पर्यटनलाई उजागर गर्न जरुरी रहेको बताउनुभयो । उहाँले जिरीलाई पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राइडको आयोजना गरेको समेत जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौंबाट आजबाट सुरु भएको राइड आज नै जिरी पुग्नेछ । शनिबार दोलखाको जिरीमा रहेको विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन गर्दै आइतबार काठमाडौं फर्कने छ ।

'जिरी, घुमौँ फिरिरि' नाराका साथ सुरु गरेको राइडमा २० ओटा बुलेट बाइकले सहभागिता जनाएको छ । नेपाल बुलेट हाउसले यसअघि पनि धेरै राइडको आयोजना गरिसकेको छ ।


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।