• ४ वैशाख २०८१, मङ्गलबार

वीरेन्द्रनगरमा नगर माइक्रो बस सञ्चालन

blog

वीरेन्द्रनगरमा सञ्चालन भएका नगर माईक्रो बसहरु ।

नविन सुवेदी

सुर्खेत, असार १ गते । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निजी क्षेत्रको पहलमा शुक्रबारबाट नगर माइक्रो बस सञ्चालनमा आएको छ । नगरपालिकासँग समन्वय गरेर शुक्रबारदेखि वीरेन्द्रनगरमा नगर बस सञ्चालनमा आएको हो । 

नगर बस नहुँदा अटो रिक्साले मनलाग्दी भाडा असुल्ने गरेको भन्दै चर्को विरोध हुँदै आएको थियो । शुक्रबार वीरेन्द्रनगर प्रमुख मोहनमाया ढकालले नगर बसमा चढेर उद्घाटन गर्नुभएको हो । 

नगर माइक्रो सेवा उद्घाटन गर्दै प्रमुख ढकालले नगरवासीका लागि सेवा आरम्भ गरेकोमा खुसी व्यक्त गर्नुभयो । नागरिकहरूको आवश्यकताअनुसार नगर माइक्रो सेवाले सुरक्षित र भरपर्दो सेवा प्रदान गर्नेमा विश्वस्त रहेको उहाँले बताउनुभयो।  

यस्तै, यात्रुहरूलाई सहज सेवा दिन र सहुसलयत भाडादर २० रुपियाँ कायम गरिएको छ । धुलियाविटदेखि बाँगेसीमल पुग्दा पनि भाडा २० रुपियाँ नै कायम गरिएको छ । बाँकी एक चोकबाट अर्को चोकसम्म पुग्न भाडादर २० रुपियाँ नै कायम गरिएको सुर्खेत काँक्रेविहार यातायात प्रा.लि.का अध्यक्ष रमेश सापकोटाले बताउनुभयो  ।  

नगर बस नगर क्षेत्रका भित्री सडकहरू धुलियाविट–मंगलगढी–मूलपानी–प्रदेश अस्पताल–कुमाइचोक भएर हिलेखाली चोकबाट बाँगेसिमल र हुँदै पुन् सोही रुट भएर गाडीहरू सञ्चालन हुनेछन् ।