• ६ वैशाख २०८१, बिहिबार

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

blog

कमल शर्मा

दैलेख, जेठ ३२ गते । ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु र चार जना घाइते भएका छन् । दैलेखको तल्लो डुगेश्वरबाट दुल्लुतर्फ जाँदैगरेको प्रदेश १–०२–००३ त २८२६ नम्बरको ट्याक्टर दुल्लु नगरपालिका –१ गडापानीमा गए राति दुर्घटना हुँदा चार जना घाइते भएका हुन् ।

एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख (डिएसपी) किशोर लम्सालले ट्याक्टर दुर्घटनामा चार जना घाइते भएको र एक जनाको मृत्यु भएको जानकारी दिनुभयो । 

उहाँले दिएको जानकारीअनुसार मृत्यु हुनेमा दुल्लु नगरपालिका –१ कि अन्दाजी वर्ष २१ कि डिलमाया खड्काको मृत्युभएको छ । त्यस्तै, दुल्लु नगरपालिका –१ कि अन्दाजी वर्ष १८ कि जानुकुमारी खड्का, दुल्लु नगरपालिका –५ का १९ वर्षीय भरत शर्मा र अन्य दुई जनाको नाम खुल्न बाँकी रहेको जानकारी दिनुभयो । 

ट्याक्टर दुर्घटनाको खबर पाउनासाथ प्रहरीचौकी तल्लो डुगेश्वरबाट प्रहरी नायव निरीक्षक सूर्यबहादुर कार्कीको टोलीले उद्धारगरी घाइतेलाई प्रदेश अस्पताल सुर्खेतमा पठाएको भए पनि एक जनाको मृत्यु भएको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “ट्याक्टरमा सवार पाँच जनामध्ये दुई जना सामान्य घाइतेहरू दुर्घटना स्थलबाट घर गएका थिए । ट्याक्टर चालक फरार रहेकाले प्रहरीले खोजी भइरहेको प्रहरीले जनाएको छ ।