• १३ वैशाख २०८१, बिहिबार

प्रदेश सभाको बैठक बिहीबार बस्दै

blog

बागमती प्रदेशको प्रदेश सभा सचिवालय । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, जेठ ३१ गते ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याउने अन्तिम तयारी गर्दै गर्दा बागमती प्रदेश सभाको बैठक यही बिहीबार बस्ने भएको छ । प्रदेश सभाको बैठक दिउँसो २ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।

बैठकमा प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०७९/०८० को प्रतिवेदन पेस गर्ने प्रदेश सभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिनुभयो ।

उहाँका अनुसार बुधबार दिउँसो प्रदेश सभाको कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दै छ । बैठकले आगामी असार १ गते आउने प्रदेश सरकारको बजेटलगायतका विषयमा कार्य सूची तय गर्ने छ ।

प्रदेश सभाको बैठक जेठ १९ गते प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रम स्वीकृत भएसँगै अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो । यसअघि प्रदेश सभा बैठकमा विनियोजन विधेयक २०८० का सिद्धान्त र प्राथमिकतामाथि छलफल भएको थियो ।