आयात प्रतिस्थापन गर्ने गरी बाणिज्य नीति बनाउन सुझाव

भैरहवा, मंसिर २७ गते । सरकारले बनाउन लागेको वाणिज्य नीति तय गर्दा आयात प्रतिष्थापन गर्ने गरी नीति तर्जुमा गर्नुपर्नेमा रुपन्देहीका उद्योगी व्यवसायीहरुले जोड दिएका छन् । वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा सिद्धार्थनगर उद्योग वाणिज्य संघ भैरहवाको आयोजनामा भैरहवामा वाणिज्य नीति २०७१ को मस्यौदा र नेपाल व्यापार एकिकृत रणनीति २०१० को पुनरावलोकन तथा अद्यावधिक गर्ने सम्बन्धमा भएको छलफलमा उद्योगी व्यवसायीहरुले आयात प्रतिस्थापन गर्ने गरी वाणिज्य नीति बनाउनु पर्नेमा जोड दिएका हुन् ।
भैरहवाको सिद्धार्थ रंगशालामा जारी छैठौ पश्चिमाञ्चल क्षेत्रिय मेला औद्योगिक व्यापार तथा लुम्बिनी पर्यटन महोत्सव स्थलमा आयोजित कार्यक्रममा उद्योगी व्यवसायीहरुले आयात प्रतिस्थापन गर्ने गरी स्थानीय उद्योगलाई संरक्षण गर्ने गरी नीति आउनुपर्ने सुझाव दिएका छन् ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठले धरासायी उद्योगलाई पुनस्र्थापना गर्ने गरी बाणिज्य नीति बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले भएका उद्योगहरु धमाधम बन्द भईरहने र सरकारी निकायहरुबीच नै समन्वयको अभावले उद्योगहरु धरासायी बन्दै गएको बताउनु भयो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तोयम रायमाझीले नेपाल मानिस निर्यात गर्ने देशको रुपमा परिचित भईरहेको र रेमिट्यान्सको भरले देशको अर्थतन्त्र धानिनु राम्रो नभएको उल्लेख गर्नुभयो ।
सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु प्रसाद शर्माले निर्यातजन्य उद्योगलाई प्रोत्साहन गर्ने गरी नीति तर्जुमा गर्नुपर्ने बताउनु भयो । नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष वैजनाथ जैसवालले लगानी गरी व्यवसाय संचालन गर्न नपाउँदै व्यवसायी सरकारी नीति नियमको डरले पहिल्यै विस्थापिने हुने सम्भावना बढेकोले साना लगानीको व्यवसायलाई पवद्र्धन गर्ने गरी नीति आउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव रवि भट्टराई र बुद्धि प्रसाद उपाध्यायले प्रस्तावित नीतिका बारेमा अवगत गराउनुभएको थियो । त्यस अवसरमा सिद्धार्थनगर उद्योग वाणिज्य संघका महासचिव कुल प्रसाद न्यौपाने, वरिष्ठ व्यापार विज्ञ प्रचण्डमान श्रेष्ठ, संघका पुर्व महासचिव रामकुमार शर्मा, सदस्यहरु यमकला न्यौपाने, नेत्र प्रसाद आचार्य लगायतले बोल्दै नेपालमा उत्पादित कफी, अदुवा, अलंैची, अम्रिसो, सुठो लगायतका वस्तुको निर्यात बढाउनु पर्नेमा जोड दिनु भयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना