वर्षा धान्ने गरी जस्तापातासहितको सुरक्षित आवास आवश्यक

Ramchandra-paudel1बनेपा, वैशाख ३१ गते । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले भौगोलिक बनावटको अध्ययन गरी छरिएर रहेका घरलाई एकै ठाउँमा राखेर एकीकृत बस्ती विकास गर्नुपर्ने बेला आएको बताउनुभएको छ ।  अहिले भूकम्पीडितबाट घरबास गुमाएकालाई वर्षा धान्ने गरी जस्तापता सहितको सुरक्षित आवास तथा एकीकृत बस्ती विकासको नयाँ योजना ल्याउनुपर्नेसमेत उहाँले बताउनुभयो । 

काभ्रे जिल्लामा भूकम्पपीडितको राहत, पुनः स्थापना तथा उद्धारका लागि भइरहेको कामबारे जानकरी लिन धुलिखेल पुग्नुभएका उपसपभापति पौडेलले देश सङ्कटमा परेको बेलमा सबै एकजुट भएर काम गर्नुपर्ने बताउनुभयो ।

“देश सङ्कटमा परेको बेला सिंह र मृगले एक ठाउँमा बसेर पानी खाएजस्तै सबै एक भएर काम गराँै, आफ्ना हात माटोमा चोबेर जनताको सेवा गरौँ, यसमा कसैले पनि राजनीति नगराँै”–उपसभापति पौडेलले भन्नुभयो । सभासद्हरु तीर्थ लामा, रेशम लामा, कञ्चनचन्द्रवादे श्रेष्ठ र रामहरि सुवेदीले भूकम्पले काभ्रेमा धेरै धनजनको क्षति भएकाले यो जिल्ला उच्च प्राथमिकतामा राखेर सरकारले राहत, सहयोग र पुनः स्थापनाका कार्यक्रम ल्याउनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस, नेकपा (एमाले), एनेकपा (माओवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल सहितका विभिन्न राजनीतक दलका प्रतिनिधिले पीडितलाई अहिले त्रिपालभन्दा जस्तापाता सहितको आवास व्यवस्था गरिनुपर्ने तथा राहत, उद्धार र पुनः स्थापनाका काममा कुनै पनि प्रकारको राजनीति गर्न नहुने धारणा राख्नुभयो ।

कार्यक्रममा सभासद् एव् विभिन्न राजनीतिक दलका नेताले भूकम्पपीडितलाई सहयोग पु¥याउने सन्दर्भमा प्रशासनले राजनीतिक दल एव् सभासद्लाई बेवास्ता गर्न नहुने धारणासमेत राख्नुभएको थियो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकालले भूकम्पले जिल्लामा पारेको धनजनको क्षति तथा राहत, उद्धार तथा पुनः स्थापनामा भइरहेको कामको विवरण प्रस्तुत गर्दै सबैको सहयोग र समन्वयमा काम अघि बढाउने बताउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना