प्रधानमन्त्री कोइराला र गृहमन्त्री गौतम भूकम्प प्रभावित जिल्ला दोलखा र रामेछापमा

Bam dev- Sushilकाठमाडौँ, वैशाख ३१ गते । प्रधानमन्त्री सुशील कोइराला र उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम दोलखा र रामेछापको यही वैशाख १२, १३ र २९ गतेको भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न जानुभएको छ ।

नेपाली सेनाको हेलिकोप्टरबाट अहिले दुई जिल्लाको अवलोकन गर्न जानुभएको र सम्भव भएसम्म त्यहाँको बढी प्रभावित स्थानको अवलोकन गर्ने र राहतका लागि आवश्यक निर्देशन दिने कार्यक्रम रहेको प्रधानमन्त्री कोइरालाका प्रेस सल्लाहकार प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री कोइराला र गृहमन्त्री गौतम पहिले दोलखा गएर भूकम्प प्रभावित क्षेत्रको अवलोकन गरेपछि रामेछापमा जाने र त्यहाँको वास्तविक समस्याका बारेमा जानकारी लिने र आवश्यक निर्देशन दिने कार्यक्रम रहेको समेत उहाँले जानकारी दिनुभयो

प्रधानमन्त्री कोइराला यसअघि पनि भूकम्प गएको स्थान गोरखाको बारपाक, धादिङ, नुवाकोटलगायतका भूकम्प प्रभावित जिल्लाको अनुगमन र निरीक्षण गर्नुभएको थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना