सरकारी जग्गा अतिक्रमण गरी घर टहरा निर्माण

म्याग्दी, वैशाख ३१ गते । जिल्लाको बेनी नगरपालिकामा हिजोआज स्थानीयवासीले सामुदायिक वन र सरकारी जग्गा अतिक्रमण गरी बस्ती बसाउन थालेका छन् । जिल्लाको बेनी नगरपालिका–४ वगरफाँट र खवरामा सरकारी जग्गा अतिक्रमण गरेर घरटहरा बनाउने क्रम सुरु भएको र अहिलेसम्म १० वटाभन्दा बढी घरटहरा निर्माण भइसकेको बताइएको छ ।

बनेपा–४ बगरफाँटको बाङ्गेरामा सामुदायिक वनको जग्गा अतिक्रमण गरेर कैयौँ व्यक्तिले घडेरीको खरिद बिक्रीसमेत गरेका छन्   स्थानीयवासीले  दिएको जानकारीअनुसार घरटहरा बनाउनेमा जिल्ला सुकुम्बासी आयोगमा जग्गा पाउनका लागि निवेदन दिनेहरू पनि रहेका छन् ।

त्यसैगरी बनेपा–३ भकुण्डेचौरमा पनि सरकारी जग्गा अतिक्रमण भएको छ । बजार विस्तारै हुँदै गरेको भकुण्डेमा सार्वजनिक जग्गा कब्जा गरी केही टाठाबाठा व्यक्तिले घर निर्माण गरेका स्थानीयले बताएका छन् । यता बगरफाँट सामुदायिक वन र खड्ग भवानीकोतको गुठी जग्गासमेत तीव्र रुपले अतिक्रमण भइरहेको बताइएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना