मानविय क्षति भएन

श्रीराम नेपाल

नुवाकोट, वैशाख २९ गते । मङ्गलवारको भूकम्पबाट नुवाकोटमा मानवीय क्षति भएको छैन । दिउँसो भएको भूकम्पबाट जनजीवन भने त्रसित रह्यो ।

वैशाख १२ को भूकम्पपछि घट्दै गएको पराकम्पसँगै जनजीवन सामान्य बन्दै गएकोमा मङ्गलबारको भूकम्पले पुनः त्रास थपेको छ । जिल्ला सदरमुकाम विदुरसहित बटार, त्रिशूली लगायत बजार क्षेत्रका पसलहरू भूकम्प भएपछि बन्द भएकोले बजारमा चहलपहल छैन ।

भूकम्प हुँदा यहाँका वासिन्दा पासाडल्हामु मार्गमा थुप्रिएका थिए । भूकम्पले मानवीय क्षति नभए पनि अघिल्ला भूकम्पले कमजोर बनाएका केही घर भत्किएको विवरण आएको प्रसासनले जनाएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना