• ६ चैत २०८०, मङ्गलबार

शोक प्रस्ताव पारित

blog

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ।

काठमाडौं, जेठ २२ गते । राष्ट्रिय सभाले संविधान सभा सदस्य श्यामसुन्दर टिवडेवालको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

सोमबार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज (सोमबार) उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको ब्यहोरा जानकारी गराउनुभएको हो । संविधान सभा सदस्य टिवडेवाल २०७० सालको संविधानसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालबाट समानुपातिक सदस्यमा निर्वाचित हुनुभएको थियो ।

उहाँको हेम्स अस्पताल, धुम्बाराहीमा उपचारको क्रममा २०७९ साल चैत २२ गते बुधबार निधन भएको थियो । बैठकले टिवडेवालप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।

राष्ट्रिय सभाको अर्को बैठक यही जेठ २३ गते ११ बजेर ११ मिनेटमा बस्नेछ । रासस