अस्ट्रियाकी विदेशमन्त्री किनाइशल आज आउनुहुने


गोरखापत्र समाचारदाता

काठमाडौंँ, फागुन ९ गते । अस्ट्रियाकी विदेशमन्त्री करिन किनाइसल नेपालको औपचारिक भ्रमणका लागि काठमाडाँैं आउँदै हुनुहुन्छ । परराष्टमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणमा १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ बिहीबार मध्याह्न काठमाडौँ आइपुग्नु हुनेछ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलका अनुसार किनाइसल बङ्गलादेशको राजधानी ढाका हुँदै काठमाडौंँ आउनु हुनेछ ।
नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उहाँले शुक्रबार शिष्टाचार भेट्न गर्नुहुने छ । सोही क्रममा दुई देशबीच परराष्ट्रमन्त्री स्तरीय वार्ता हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विदेशमन्त्री किनाइसल बिहीबारै काठामाडाँैंस्थित महिला पुनस्र्थापना केन्द्रको भ्रमण गर्नु हुनेछ । साथै साँझ उहाँको सम्मानमा काठमाडौँस्थित अस्ट्रियन मानार्थ काउन्सुलर राजेशबाबु श्रेष्ठले आयोजना गर्नुहुने रात्रिभोजमा सरिक हुनुहुनेछ ।
त्यस्तै, शुक्रबार मध्याह्न पराष्ट्रमन्त्री ज्ञवालीसँग द्विपक्षीय भेट गर्नुका साथै भेटपछि संक्षिप्त पत्रकार सम्मेलनको आयोजना गर्ने कार्यक्रम रहेको छ । शुक्रबार साँझ परराष्ट्र मामिला अध्ययन प्रतिष्ठनले आयोजना गर्ने एक छलफल कार्यक्रममा सहभागी हुनुहुनेछ ।
अस्ट्रियाले नेपालका विभिन्न विकास परियोजनाहरू जस्तै जलविद्युत् विकास, संस्कृतिक सम्पदाको संरक्षण, खानेपानी तथा पर्यापर्यटन जस्ता क्षेत्रमा सहयोग गर्दै आएको छ । अस्ट्रियाले नाम्चेको साना जलविद्युत आयोजना, ललितपुरको पाटन सङ्ग्रहालय, केशर महलस्थित गार्डेन अफ ड्रिम्स् र रोल्वालिङ इको टुरिजम परियोजना लगायतका परियाजनामा सहयोग गरेको छ । उहाँको नेपाल भ्रमण शनिबार समापन हुने छ ।
सन् १९६५ को जनवरीमा जन्मिनुभएकी किनाइशल सन् २०१७ को डिसेम्बरदेखि अस्ट्रियाली विदेशमन्त्री हुनुहुन्छ । उहाँ विगतमा कूटनीतिज्ञ र पत्रकार तथा स्वतन्त्र राजनीतिज्ञको रुपमा परिचित हुनुहुन्थ्यो ।
अस्ट्रियाको भियनामा जन्मुनीभएकी किनाइशल मध्यपूर्व विज्ञका रुपमा पनि चिनिनुहुन्छ । विदेशमन्त्रीको रुपमा नियुक्ति गर्नुअघि उहाँ प्राध्यापन पेशामा संलग्न हुनुुहुन्थ्यो ।
उहाँले आफ्नो बाल्यकालको केही समय जोर्डनको अम्मानमा बिताउनुभएको थियो । पिता जोर्डनमा पाइलटका रुपमा कार्यरत रहँदा उहाँको बाल्यकाल जोर्डनमा बितेकोे थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना