• ६ चैत २०८०, मङ्गलबार

जसपाको १६ सदस्यीय विधान अधिवेशन प्रचार उपसमिति गठन

blog

काठमाडौं, जेठ २२ गते ।  जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन केन्द्रीय प्रचारप्रसार उपसमिति गठन भएको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवका स्वकीय सचिव महेश चौरसियाले सोमबार ललितपुरको बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा राजनीतिक समितिका सदस्य अर्जुन थापाको संयोजकत्वमा १६ सदस्यीय प्रचारप्रसार उपसमिति गठन गरेको जानकारी दिनुभयो ।

उक्त प्रचारप्रसार उपसमितिको उपसंयोजकमा राजनीतिक समिति सदस्य न्हुच्छेलाल महर्जनलाई तोकिएको छ । सदस्यमा महेश चौरसिया, सीताराम साह, योगेन्द्रराय यादव, पवन राय, विनोद विश्वकर्मा, सुरेश मण्डल, पासाङ शेर्पा, धनेश्वर साह, अर्जुन लम्साल, दुर्गामणि सुवेदी, ओमकृष्ण श्रेष्ठ, मनिकर कार्की, विश्वासदीप तिगेला, उपेन्द्र साहलाई चयन गरिएको छ ।

जसपाले आगामी असार १०, ११ र १२ गते काठमाडौँको प्रज्ञा प्रतिष्ठान, कमलादीमा प्रथम विधान अधिवेशन आह्वान गरेको छ । यसअघि जसपाले यसका लागि देशभरबाट सात सय ७८ जना प्रतिनिधि चयन गरेको थियो ।

पार्टीले अभ्यासमा ल्याएका विभिन्न साङ्गठनिक संरचनाबारे विधान अधिवेशनले टुङ्गो लगाउनेछ ।