भूकम्पबाट दोलखामा आठ जनाको मृत्यु

चरीकोट (दोलखा), २९ वैशाख । आज गएको भूकम्पबाट सदरमुकाम चरीकोटमा आठ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा काटाकुटी गाविसका दुई वर्षीया जेनिशा खड्का, भीमेश्वर नगरपालिका–१ का १० वर्षीय नवीन राउत, लाँकुरी गाविसका पेमाडोल्मा शेर्पा, भीमेश्वर नगरपालिका–५ का चित्रप्रसाद चौलागाईं र सोही वडाका जानकी चौलागाईं, भीमेश्वर नगरपालिका–४ का रुपा तामाङ र सोही वडाका ८१ वर्षीय मैते विक तथा भीमेश्वर नगरपालिका–९ का ३८ वर्षीया सिर्जना थापा रहेका छन् ।

गम्भीर घाइते आठ जनालाई नेपाली सेनाको हेलिकप्टरले उपचारका लागि काठमाडौँ लगिएको बर्दबहादुर गणका सेनानी राजन दाहालले जानकारी दिनुभयो । सदरमुकाम चरीकोटका २५ भन्दा बढी पक्की घर भत्किएको उहाँले बताउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना