• १६ चैत २०८०, शुक्रबार

पाल्पा दुर्घटना : तीन जनाको मृत्यु, १२ घाइते

blog

दुर्घटनाग्रस्त जीप ।

रेखीराम राना

पाल्पा, जेठ २१ गते। पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवतीस्थित केवरेडाँडामा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा १२ जना घाइते भएका छन्। 

आइतबार साँझ रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँचीतर्फ गइरहेको लु १ च ९०२४ नम्बरको जीप दुर्घटना भएको हो। जीप साँझ साढे ५ बजेतिर दुर्घटनामा परेको स्थानीय दिलबहादुर गाहाले जानकारी दिनुभयो। मृतक दुई महिला र एक पुरुष छन्। 

घाइतेलाई उपचारको लागि बुटवलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो। 

दुर्घटनाको कारण खुलेको छैन। 

यो पनि पढ्नुहोस

पाल्पाको सत्यवतीमा जीप दुर्घटना हुँदा १२ जना घाइते