• ६ वैशाख २०८१, बिहिबार

दमकमा फोहोर नउठ्दा दुर्गन्ध बढ्दै

blog

फ्याकिएका फुटेको सिसा, बोतल ।

विष्णुप्रसाद पोखरेल

दमक, जेठ २२ गते । झापाको दमकमा शुक्रबारदेखि फोहोर उठ्न सकेको छैन । अधिक गर्मीको समयमा सडकमा जथाभाबी रहेको फोहोरको दुर्गन्ध बढ्दै गएपछि स्थानीयले फोहोर उठाउन आग्रह गरेका छन् । 

नगरको फोहोर उठाउने जिम्मा लिएको नेक्स्टइरा ईनर्जी प्रा.लि.ले शुक्रबार दिउँसोदेखि दमकको फोहोर उठाउन बन्द गरेको हो । दमकमा दैनिक कुहिने र नकुहिने गरेर करिब २० टन फोहोर उत्पादन हुने गर्छ ।

नगरपालिकाको समन्वयमा फोहोर उठाउने जिम्मा लिएको नेक्स्टइरा ईनर्जी प्रा.लि.ले फोहोर सङ्कलन गरे बापत नगरपालिकाले मासिक १० लाख र त्यस बाहेक हरेक घरधुरी तथा पसलहरूमा तोकिएको शुल्क उठाउने सम्झौता गरेको छ ।

फोहोर सङ्कलन बापत तोकिएको रकम जनताले पनि नदिने र नगरपालिकाले पनि दिनुपर्ने भुक्तानी समयमा नदिँदा समस्या भएको छ, नेक्स्टइरा ईनर्जी प्रा.लि.का प्रबन्ध निर्देशक विमल खतिवडाले भन्नुभयो ।

नगरपालिकाले वैशाख महिनाको रकम नदिएका कारण सफाइ कर्मचारीले पारिश्रमिक पाएनन् र फोहोर सङ्कलन गर्ने सवारी साधनमा इन्धनसमेत हाल्न नसकिएका कारण फोहोर सङ्कलन गर्न नसकिएको उहाँले जनाउनुभयो ।

दैनिक ज्यालादारी गरेर बिहान बेलुका भात खाने सफाइ मजदुरलाई पैसा बिना यस्तो गर्मीमा काम लगाउन नसकिने, खतिवडाको भनाइ छ । "शुक्रबार दिउँसोदेखि पारिश्रमिक दिने सुनिश्चितता नभएसम्म काममा नआउन भनेका छौँ", खतिवडाले भन्नुभयो ।

आफूहरूले शुक्रबारदेखि फोहोर उठाउन बन्द गरेको र नगरपालिकाले दिनुपर्ने रकम भुक्तान नभएसम्म फोहोर नउठ्ने पत्र नगरपालिकालाई दिएकोसमेत खतिवडाले जानकारी दिनुभयो ।