च्याउबाट फेरियो विपन्न महिलाको अवस्था

नेपालगञ्ज समाचारदाता

नेपालगञ्ज, माघ २८ गते । घोडा खच्चर पालेर बल्लतल्ल जीवनयापन गर्दै आएका बाँकेको हिरमिनियाका विपन्न परिवारको आर्थिक अवस्था अहिले फेरिएको छ । घोडा खच्चर पाल्ने पुख्र्यौली पेसा गर्दै आएका सो गाउँका महिलाले च्याउ उत्पादन शुरु गरेपछि उनीहरूको आर्थिक अवस्थाका साथै दिनचर्या पनि फेरिएको छ ।
आफ्नो पेसाबाट थकित र चिन्तित हिरमिनियाका अधिकांश महिलाको पेसा अहिले परिवर्तन भएको छ ।  केही समयअघिसम्म नेपालगन्ज हिरमिनियाकी मीना साहको पुख्र्यौली पेसा घोडा खच्चर पाल्ने थियो । मीनाका श्रीमान् भने इँटा भट्टामा काम गर्नुहुन्थ्यो ।  bipanna
उहाँसँग भएका घोडा खच्चरले इँटा बोक्ने र सम्बन्धित ठाउँमा पु¥याउने काम गर्थे । चर्को घामपानी होस् वा पुस माघको बिहानको सिरोठो किन नहोस् मीनाका पति रमजान शेखले बिहानै आफ्ना घोडा खच्चर लिएर इँटा भट्टा पुग्नै पर्दथ्यो । दिनभर काम गरेर कमाएको रकमले बिहान बेलुका बल्लतल्ल घर चलाउनुहुन्थ्यो उहाँहरू ।
च्याउ खेतीसम्बन्धी तालिम र बीउ पाएपछि मीनाले कम मिहिनेतमा घरमै च्याउ उत्पादन मिहिनेतले पाँच सय रुपियाँसम्म पनि कमाउन नसक्ने मीना र उहाँका पति आफूले उत्पादन गरेको च्याउ पहिलो लटमै दुई हजार तीन सय रुपियाँको बिक्री गर्दा दङ्ग पर्नुभयो ।
ढिलै भए पनि राम्रो विकल्प रोजेको जनाउँदै उहाँले च्याउ खेती शुरु गरेपछि अहिले बिहान बेलुकाको छाक टार्न कुनै समस्या नरहेको बताउनुभयो । अब सानासाना कामका लागि श्रीमान्सँग हात थाप्ने दिन गए, मीनाले खुसी हुँदै भन्नुभयो । आम्दानी बढ्दै गएपछि अहिले च्याउ उत्पादन पनि वृद्धि गर्दै गएको उहाँले बताउनुभयो ।
च्याउ उत्पादनमा मीनाजस्तै सो गाउँका निकै महिला लागेका छन् । अहिले उनीहरू सबैको आर्थिक अवस्थामा निकै परिवर्तन भएको छ । केही समय पहिलेसम्म बिहान बेलुका खान पनि नपुग्ने अवस्था रहेकोमा अहिले त खाए लाएर पनि अलिअलि बचाउन सकिएको छ, सोही गाउँकी अर्की महिला सीता बर्माले भन्नुभयो ।
पुख्र्यौली पेसा घोडा खच्चर पाल्ने मीना र उहाँ जस्ता अन्यका परिवारले वर्षौंसम्म घोडा खच्चर पालेर जीविकोपार्जन गर्दै आएका थिए तर परिवारलाई पाल्न खर्चको अभाव सधैँ हुन्थ्यो ।
च्याउ खेतीबाट आम्दानी हुन थालेपछि अहिले कुनै पनि कुराको चिन्ता छैन, विगत सम्झँदै मीनाले भन्नुभयो, कहिले घोडालाई घाँस काट्ने, दानापानी दिने, कतिखेर भट्टामा श्रीमान्लाई सघाउन जाने, कतिखेर बालबच्चालाई खाना पकाएर खुवाउने । झन्झटिलो काम र दुःखमय दिनलाई सम्झँदा अब कहिल्यै घोडा खच्चर पाल्न नपरोस् भन्ने कामना गर्छु ।
जनावरको क्षेत्रमा काम गर्ने संस्था एनिमल नेपालको सहयोगमा सो गाउँका महिलालाई तालिम र बीउ प्रदान गरेको एनिमल नेपालकी बाँके संयोजक रेखा श्रेष्ठले जानकारी दिनुभयो । सो तालिम र बीउ पाएर दिनरात मिहिनेत गरेर महिलाको आर्थिक अवस्था र दिनचर्या दुवै बदलिएको देख्दा खुसी लागेको श्रेष्ठले बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना