जय ललिताको मुद्दामा सोमबार फैसला हुदै

बैंगलोर, वैशाख २८ गते । भारतीय राजनीतिक जगतमा एकजना चर्चित नेत्री जयललिता जयरामको मुद्दाको फैसला सोमबार हुने भएको छ । उनी गएको सेप्टेम्बर महिनामा थुनामा परेकि थिइन् । प्रारम्भिक अनुसन्धानका क्रममा उनको भ्रष्टाचारको मुद्दामा उनी दोषी पाइएकी थिइन् । तरपनि उनको सो मुद्दामा अन्तिम फैसला भएको छैन र उनलाई सजाय पनि सुनाइएको छैन । सोमबार उनको मुद्दाको बारेमा फैसला हुने सञ्चारमाध्यमहरुले जनाएका छन् । सञ्चारमाध्यमहरुकाअनुसार उनी जेल बस्नुपर्ने वा के कतिमात्रामा सजायको भागीहुनुपर्ने हो भन्ने बारेमा आज फैसला हुने छ । उनलाई गएको सेप्टेम्बर महिनामा प्रारम्भिक रुपमा चार वर्षको जेल सजाय सुनाइएको थियो । तर उनले भने त्यसका विरुद्धमा अपिल गरेकी थिइन् । 

उनले आफुलाई राजनीतिक विचारका आधारमा आरोप लगाइएको भन्दै यसका विरुद्धमा अभिव्यक्ति दिँदै आएकी छिन् । उनले अकुत सम्पत्ति कमाएको आरोपमा उनलाई बिगोबमोजिमको जरिवानासहित चार वर्षको जेल सजाय सुनाएको थियो । गएको करिब दुई दशकसम्म विवाको विषय रहेको सो मुद्दामा आज गरिने फैसला अर्थपूर्ण हुने बताइएको छ । भारतीय फिल्म जगतकी पूर्व कलाकार समेत रहेकी जयललिताको बारेमा सोमबार गरिने फैसलाको निकै चासो लिइएको समाचारमा जनाइएको छ । भारतको दक्षिणी राज्य तामिल नाडूकी मुख्यमन्त्री रहेकी जयललिता गत सेप्टेम्बर महिनामा दोषी पाइएपछि आफ्नो पदबाट राजिनामा दिन बाध्य भएकी थिइन् ।
तामिल नाडूमा निकै ठूलो लोकप्रियता कमाइरहेकी ६७ वर्षीया यी राजनीतिज्ञको राजनीतिक भविश्य सोमबारको फैसलाले निर्धारण गर्ने जनाइएको छ ।
उनी त्यस क्षेत्रमा र आफ्नो पार्टीमा पनि लोकप्रिय थिइन् । उनलाई त्यहाँका जनताले आमा भनेर सम्बोधन गर्ने गरेका छन् । उनी आफ्नो पार्टीमा लोकप्रिय भएकोले नै उनलाई भ्रष्टाचारमा दोषी पाइएको कयौं समयसम्म उनले नै पार्टीको नेतृत्व लिइरहेकी थिइन् ।
प्रहरीले आज उनलाई अदालतमा ल्याउन लागेकोले सो क्षेत्रको सुरक्षा व्यवस्था निकै कडा पारेको बताएको छ । उनका हजारौँ कार्यकर्ताले उनको समर्थनमा जुलुश निकालीरहेका छन् ।
उनीहरुले जयललिताको पक्षमा नाराबाजीगर्दै उनी निर्दोष रहेको बताइरहेका छन् । साथै उनीहरुले राजनीतिक आश्थाका कारण उनीमाथि मुद्दा लगाइएको बताएका थिए ।
प्रहरी अतिरिक्त कमिसनर आलोक कुमारले उनलाई अदालतमा ल्याउने क्रममा कुनै अप्रिय घटना नहोस भनेर सो अदालत बाहिर निकै नै कडा मात्रामा प्रहरी व्यवस्था गरेको र अदालतलाई घेरामा हाली सयौँ प्रहरी खटाइएको जानकारी दिए ।
उनको सुुनुवाई हुन लागेको बैंगलोर अदालत तथा चेन्नई सहरका कयौं स्थानमा सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ । उनको पक्षमा चेन्नई सहरभरि सोमबार समर्थनमा जुलुश निस्किएका छन् ।
उनले लामो समयदेखि तामिल नाडूको मुख्यमन्त्रीका रुपमा पदमा रहेकी र आफु सत्तामा रहँदा अकुत सम्पत्ति कमाएको भन्दै सो बारेमा परेको मुद्दामा दोषी पाइएको बताइएको छ । रासस/एएफपी

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना