आपत्कालीन अवस्थामा मनपरी शुल्क

काठमाडौँ, वैशाख २८ गते । भूकम्पबाट घाइते भएका जनतालाई निजी अस्पताल र खुद्रा पसलेले मनपरी शुल्क उठाएर दुःख दिइरहेका छन् । सरकारले भूकम्पपीडित जनतालाई निःशुल्क स्वास्थ्य सेवा दिने घोषणा गरे पनि निजी अस्पतालले विभिन्न बहानामा मनपरी शुल्क उठाएको पाइएको उपभोक्ताहित तथा संरक्षण मञ्चले जनाएको छ । मञ्चका सचिव विष्णुप्रसाद तिमल्सेनाका अनुसार साविक मूल्यमा ४० देखि ४५ प्रतिशत मूल्य वृद्धि गराएर केही प्रतिशत छुट दिने र कम पैसाका औषधिलाई मात्र निःशुल्क गर्ने गरिएको छ । उच्च मूल्यको औषधिमा छुट गरेको औषधिको मूल्य समेत असुल्ने गरिएको छ ।

“आपत्कालीन अवस्थामा प्रयोग हुने त्रिपाल, जस्तापाता, खाद्यान्नलगायतका अत्यावश्यक वस्तुमा अत्यधिक शुल्क लिएर ठगी गर्ने गरेका छन्” उहाँले भन्नुभयो । गुणस्तरहीन सामग्री बाँड्ने गरेककाले यस्ता व्यापारीलाई निगरानी गरी सम्बन्धित मन्त्रालय र विभागमा उजुरी गर्ने मञ्चले जनाएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना