राहत सङ्कलनमा भ्रम फैलाउनेलाई सार्वजनिक मुद्दा

मोरङ, वैशाख २८ गते । फेसबुकमार्फत भूकम्पपीडितको राहत सङ्कलनमा भ्रामक प्रचार गर्ने मोरङ लेटाङ–७ का बिबेक राईलाई मोरङ प्रहरीले सार्वजनिक मुद्दा चलाएको छ ।

राईले फेसबुकको स्टाटसबाट भूकम्पपीडितको राहत सङ्कलनमा नकारात्मक प्रचार गराएको प्रमाण भेटेपछि प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको मोरङ प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका अनुसार राईले प्रधानमन्त्री कोषको दुरुपयोग र भ्रस्टाचार हुने भन्दै सो राहत कोषमा रकम जम्मा नगर्नू भन्ने फेसबुकको स्टाटसमा लेखेका थिए । राईले भूकम्पको बेला कालोबजारी गर्नेलाई विप्लव माओवादीको बन्दुकको कुञ्जाले हान्नुपर्नेजस्ता आपराधिक शब्दहरु स्टाटसमा प्रयोग गरेका थिए । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना