अब एस.पी. खरेल २

sp.kharelशिवशंकर मिश्र
कलैया ( बारा ), मंङ्गसिर २६ गते । नेपाली कथानक चलचित्र एस.पी. खरेल २ को शुक्रवार एक कार्यक्रमका बीच शुभमुहुर्त गरिएको छ ।
मां राधिका ईन्टरनेशनल प्रा.लि.व्यानरमा बन्न लागेको नेपाली चलचित्र एस.पी. खरेल २ को आज वीरगंजमा भएको पत्रकार सम्मेलनमा वीरगंज उद्योगा वाणिज्य संघका अध्यक्ष अशोक वैद्यले शुभमुहर्त गर्नुभयो ।
अध्यक्ष वैद्यले एस.पी.खरेल फिल्म भाग २ बाट वीरगंजलाई राष्ट्रसम्म चिनाउने अभिनेता परदेशी साहलाई बधाई दिदै राष्ट्रियता र सच्चा प्रहरीमा आधारित फिल्मबाट समाजमा नया“ उर्जा थपिने बिश्वास समेत व्यक्त गर्नुभयो ।
सुरेन्द्रलाल प्रधानले निर्माण गर्न लाग्नु भएको चलचित्रमा रमन बस्नेतको निर्देशनमा तयार हुने यस कथामा प्रहरी संगठनको नितिनियम र एक सच्चा देशभक्त प्रहरी अधिकृतको भुमिकामा आधारित व्यवसायिक चलचित्र वीरगंज, काठमाण्डौं, पोखरा र जनकपुरमा छायाङ्कन हुने यो चलचित्रको लागत करिब ६० लाख अनुमान गरिएको पत्रकार सम्मेलनमा जनाईएको छ । यसअघि एस.पी.खरेल चलचित्र भोजपुरी भाषामा निर्माण भएको थियो ।
चलचित्रका मुख्य अभिनेता परदेशी साहले यसअघि पाँच वटा भोजपुरी र २ वटा नेपाली फिल्ममा अभिनय गरिसकेका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना