लाङटाङ हिमपहिरो: छयालीसको मृत्यु

धुन्चे, वैशाख २७ गते । लाङटाङ क्षेत्रमा गएको हिमपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ४६ पुगेको छ । जिल्लाको हाकु इलाकामा २३, दलदुङ १२, मैलुङमा पाँच र आधार शिविरमा छ गरी ४६ वटा शव फेला परेका छन् ।

नेपाली सेनाको महावीरगणका अनुसार हाकु इलाकाको शव नुवाकोटको शान्तिबजारमा ल्याएर आफन्तलाई बुझाइने र लाङटाङ क्षेत्रमा फेला परेकाको शव काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लगिने छ । केही शवको सनाखत हुन सकेको छैन । हिमपहिरोमा परी एक जना विदेशी र एक जना प्रहरीको मृत्यु भएको छ ।

हिमपहिरोमा परेकाहरुको उद्धारमा नारायणदल गण र नेपाल प्रहरी जुटेको छ । लाङटाङ क्षेत्रमा बिहीबार राति पुनः हिमपहिरो गएपछि शुक्रबार र शनिबार उद्धार हुन सकेन । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना