खोलामा दुई बालकको शव  

भीमदत्तनगर, वैशाख २७ गते । डडेल्धुरामा गाउँमा विवाह हेर्न हिँडेका दुई बालक स्थानीय खोलामा मृतावस्थामा भेटिएका छन् । शनिबार डडेल्धुराको बेलापुर–६ नुवाकोटका हर्केशबहादुर विष्टका छ वर्षीय छोरा दिनेश र स्थानीयवासी नरबहादुर विष्टका पाँच वर्षीय छोरा विशाल नौला खोलामा मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रहरीका अनुसार खोलामा गाउँलेले बालकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनीहरुको खोलामा नुहाउने क्रममा मृत्यु भएको हुन सक्ने आशङ्का गरेको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना