रसुवागढी भन्सार कार्यालय गोदाममा आगलागी

रसुवा, वैशाख २७ गते । विनाशकारी भूकम्पबाट जिल्लाका १८ गाविसमा पछिल्लो तथ्याङ्कअनुसार ५२२ जनाको मृत्यु भएको छ । त्यस्तै आठ हजार ५०० घर भत्किएका छन् । प्रारम्भिक तथ्याङ्कका आधारमा खाद्यान्नलगायत राहत सामग्री वितरणका लागि गाउँ गाउँमा कर्मचारी खटाइएको सहायक प्रजिअ गौतम रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार राहत वितरणका लागि रु छ करोड २६ लाख ३३ हजार जिम्मेवार कर्मचारीका साथ ठाउँ ठाउँमा पठाइसकिएकाले हप्ता दिनभित्र राहत वितरण सम्पन्न हुने छ ।

यसैबीच रसुवागढी भन्सार कार्यालयको गोदाममा आज बिहान आगलागी हुँदा करोडौँ धनमाल क्षति भएको छ । स्थानीय व्यवसायी वृद्धिम निवासी नुर्पु तमाङका अनुसार भन्सार कार्यालयले बनाएको जस्तापाताको टहरोभित्र जाँचपासका लागि राखिएका सामग्री सम्पूर्ण रुपमा नष्ट भएको छ । आगलागीको कारण खुल्न सकेको छैन । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना