• १२ वैशाख २०८१, बुधबार

च्याम्पियन बार्सिलोनाको अर्को हार

blog

बार्सिलोनाविरुद्ध गोल गरेपछि भालाडोलिडका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, जेठ १० गते । चार खेल अगावै स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको बार्सिलोनाले उपाधि पछि लगातार दोस्रो हार खेपेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोना रियल भालाडोलिडसँग उसैको मैदानमा ३-१ गोलले पराजित भयो ।

एकपक्षीय खेलमा बार्सिलोनालाई हराउन भालाडोलिडका साइल लरिन र गोन्जालो प्लाटाले गोल गर्नुभयो । भालाडोलिडले अर्को गोल भालाडोलिडबाट आत्मघाती उपहार पाएको थियो । बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले सान्त्वना गोल फर्काउनुभयो ।

भालाडोलिडले दोस्रो मिनेटमै बार्सिलोनाका आन्द्रेसर क्रिस्टेन्सेनको आत्मघाती गोलबाट अग्रता लिएको थियो । त्यसपछि लरिनले २२औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाउनुभयो ।

७३औँ मिनेटमा गोन्जालो प्लाटाले गोल गर्दै भालाडोलिडलाई थप बलियो बनाउनुभयो । ८४औँ मिनेटमा लेवान्डोस्कीले फ्रान्की डी जोङको पासमा गोल गरेपनि बार्सिलोनाको हार टरेन ।

जितसँगै ३६ खेलबाट ३८ अङ्क बनाएको भालाडोलिड १७औँ स्थानमा उक्लिँदै रेलिगेसन रेखा छलेको हो । च्याम्पियन बार्सिलोनाको समान खेलबाट ८५ अङ्क छ । बार्सिलोना यस अघिल्लो खेलमा रियल सोसिडाडसँग २-० गोलले पराजित भएको थियो । एजेन्सी