• १३ वैशाख २०८१, बिहिबार

नदीमा डुबेर दुई युवतीको मृत्यु

blog

खजुरा,  जेठ १० गते । बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु भएको छ । डुडुवा गाउँपालिका –४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका उनीहरूको मङ्गलबार साँझ डुबेर मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरका अनुसार पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका–२ की २९ वर्षीया शारदा चौधरी र नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरीको मृत्यु भएको हो । उनीहरू छ जनाको समूहमा वनभोज खान गएका थिए । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।  रासस