• १५ चैत २०८०, बिहिबार

युवा बिदेसिने क्रम जारी

blog

रामेछाप समाचारदाता

रामेछाप, जेठ १० गते । दस महिनाको अवधिमा रामेछाप जिल्लाबाट छ हजारभन्दा बढी युवा रोजगारीका लागि विदेश गएका छन्। सुरक्षित आप्रवासन (सामी) कार्यक्रम रामेछापका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को साउन महिनादेखि वैशाख महिनासम्ममा रामेछापबाट एक हजार २५० जना महिलासहित छ हजार ३४९ जना रोजगारीका लागि विदेश गएका हुन्। 

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम रामेछापका संयोजक दीपक केसीले रोजगारी लागि रामेछापबाट मलेसिया, युएई, कतार, बहराइन, कुवेत, साउदी अरब र ओमानलगायतका देशमा गएको जानकारी दिनुभयो। चालु आवको साउनदेखि वैशाखसम्ममा जिल्ला प्रशासन कार्यालय रामेछापबाट आठ हजार ८५९ जनाले राहादानी लिएका छन्। यसमध्ये आठ हजार ४६८ जनाले सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको सूचना केन्द्रबाट परामर्शसमेत लिएका छन्। 

मन्थली नगरपालिकाले वैदेशिक रोजगारीमा जाने आफ्ना नागरिकको वैदेशिक रोजगारीलाई थप सुरक्षित बनाउन सुरक्षित आप्रवासन कार्यव्रmम सञ्चालन गरिरहेको नगर प्रमुख लव श्रेष्ठले बताउनुभयो। रामेछापको मन्थली नगरपालिका, सुनापति गाउँपालिका, उमाकुण्ड गाउँपालिका र दोरम्बा सैलुङ गाउँपालिकामा अहिले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने उद्देश्यले कार्यक्रम सञ्चालनमा छ।